कृष्ण ढकाल
बर्दघाट ,पौष १५
लायन्स क्लब अफ नवलपरासी बर्दघाटको आयोजनामा महिलाहरुका लागि निःशुल्क पाठेघर तथा स्तन ब्यान्सरको प्रारम्भिक परिक्षण शिविर सम्पन्न् भएको छ ।
शनिवार भएको शिविरमा २ सय ८४ जना महिलाहरुले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए ।
नर्स बिष्णु गुरुङ र अस्मिता भुषालले पाठेघर ब्यान्सरको प्रारम्भिक परिक्षण गर्नु भएको थियो भने डा.सञ्जय पाण्डे र डा. अशोक अधिकारीले स्तन ब्यान्सरको प्रारम्भिक परिक्षण गर्नु भएको लायन्स क्लब अफ नवलपरासी बर्दघाटकी अध्यक्ष कमला पौडेलले बताउनु भएको छ ।
दिलिमाया मेमोरियल ब्रेस्ट क्याक्सर फाउण्डेसन र परिवार नियोजन संघ रुपन्देहीको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा १ सय ७१ जनाले पाठेघरको परिक्षण गराएकोमा १४ जनामा क्यान्सर संक्रमण हुन सक्ने देखिएको छ भने १ सय १३ जना महिलाहरुले स्तनको परिक्षण गराएकोमा सबैको अवस्था राम्रो रहेको पाईएको अध्यक्ष कल्पना पौडेलले बताउनुभयो ।