बर्दघाट ,पौष १४
बचत र ऋण असुलिमा न्यायधिकरणको कार्यान्वयन नभैरहेको नेप्स्कुनका अध्यक्ष चन्द्र ढकालले बताउनु भएको छ । उहाँले अहिलेको अवस्थामा सहकारी भित्र देखिएका जटिलताहरुलाई राज्य,सहकारी सन्चालक र आबद्ध सदस्यहरुको त्रिपक्षिय छलफलबाट टुङ्ग्याउदै लैजानु पर्ने नेप्स्कुनका अध्यक्ष चन्द्र ढकालको भनाई रहेको छ ।
बर्दघाट प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले अबको सहकारी अभियान शुसासनका लागि एक्यवद्धताको अभियान हुने र सहकारीमा देखिएका सिर्जित र स्वभाविक जटिलतालाई सुधारात्मक पद्धति मार्फत मापदण्ड र सहकारी ऎन अनुरुप अघिबढाउन आफु र आफ्नो नेतृत्वको टिम लागि पर्ने बताउनु भएको छ । सहकारीको मुल मर्म र मान्यतालाई लत्याएर मापदण्ड बिपरित चल्ने सस्थाहरुलाई कानुनी दायरामा ल्याईने अध्यक्ष ढकालले बताउनु भयो । सहकारीका अस्वभाविक गतिविधिलाई नियन्त्रण गर्दै लैजानु पर्ने ढकालको भनाई रहेको छ।
पछिल्लो समय सहकारी सस्थाहरुमा देखिएको बेथितिका कारण सहकारीहरुमा शुद्धीकरण आवश्यक रहेको नेप्स्कुनका अध्यक्ष चन्द्र ढकालको भनाई रहेको छ । केही समय यता सहकारीकर्मी र सहकारी मात्रै समस्याका जड हुन भन्ने भाष्य स्थापित गर्न खोजिएकाले त्यसलाई परिवर्तन गर्न जरुरी रहेको अध्यक्ष ढकालले बताउनु भयो ।ूकेही निहित स्वार्थ बोकेका सन्चालकहरुले सहकारीलाई सम्स्याग्रस्त देखाएर धमिलो पानीमा माछा मार्न खोजिदै छ यो नेप्स्कुनले परिवर्तन गर्छूढकालले भन्नू भयो ।
सहकारीहरुले सहकारीका बचतकर्ताहरु सदस्यहरु सस्थाका गहना हुन भन्ने मुलकुरालाई बिर्सिन नहुने बताउदै कर्जा प्रवाह सगै ऋण असुलीको दायरालाई पनि फराकिलो बनाउपर्ने उहाँले बताउनु भयो।