sunwal

बर्दघाटमा उपभोक्ता हित संरक्षण सम्वन्धि क्षमता अभिवृद्धि प्रशिक्षण शुरु

65

कृष्ण ढकाल
बर्दघाट,पौष–१२

बर्दघाट नगरपालिकाको आयोजना र उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर समितिको समन्वयमा सरोकारवालहरुका लागि दुई दिने उपभोक्ता हित संरक्षण सम्वन्धि क्षमता अभिवृद्धि प्रशिक्षण आज देखि शुरु भएको छ ।

प्रशिक्षण कार्यक्रमको समुदघाटन कार्यक्रम बर्दघाट नगरपालिकाका उप–प्रमुख तथा अनुगमन समितिका संयोजक रुद्रप्रकाश उपाध्यायको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

उपभोक्ताहरुले प्रयोग गर्ने वस्तु र सेवामा हुन सक्ने अनियमितता र त्यसको प्रभावलाई ध्यानमा राख्दै बजार अनुगमनका क्रममा देखिने समस्याहरुको उचीत समाधान कसरी गर्न सकिन्छ ? भन्नेवारेमा सरोकारवालाहरुलाई प्रशिक्ष्ँित गरीएको थियो ।

आजको पहिले सेसनमा पश्चिम नवलपरासी जिल्लाका साहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन जिल्ला समितिका संयोजक प्रकाश देवकोटाले उपभोक्ता सम्वन्धि ऐन कानुन र त्यसको प्रभावकारीताका वारेमा जानकारी गराउनु भएको थियो भने दोस्रो सेसनमा घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेलले उपभोक्ता शिक्ष्ाँका वारेमा जानकारी गराउनु भएको थियो ।

त्यसैगरी भोलीको पहिलो सेसनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रशिक्ष्ँकवाट खाद्यय सम्वन्धि,दोस्रो सेसनमा गुणस्तर तथा नापतौल कार्यालय रुपन्देहीका प्रशिक्षकवाट नाप तौल सम्वन्धि र तेस्रो सेसनमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल केन्द्रिय समितिका सदस्य रामजी ज्ञवालीवाट उपभोक्ता शिक्ष्ाँ र मञ्चको केन्द्रिय धारणाका वारेमा जानकारी गराईने कार्यक्रम रहेको उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर समितिका अध्यक्ष हुमनाथ आचार्यले जानकारी गराउनु भएको छ ।