कृष्ण ढकाल
बर्दघाट,पौष–१२
राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालय बर्दघाट –९, पन्चनगरले यस वर्ष मनाउन लागेको स्वर्ण जयन्तीको तयारी अन्तिम चरणमा पुगेको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । तिन वर्ष पहिले नै मनाउनु पर्ने स्वर्ण जयन्ती विद्यालयको आन्तरीक कारणले ढिला भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ।
यहि पौष १५ गते देखि २१ गते सम्म सप्ताहब्यापी कार्यक्रमको आयोजनागरी स्वर्ण जयन्ती मनाउन संविधान सभा सदस्य बिक्रम खनालको संयोजकत्वमा ५९ सदस्यीय स्वर्ण जयन्ती मुल समारोह समिति गठन गरीएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
मुल समारोह समितिका संयोजक बिक्रम खनालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वर्ण जयन्ती मनाउनका लागि समितिले सम्पूर्ण तयारीलाई अन्तीम चरणमा पुराएको समितीका संयोजक खनालले जानकारी गराउनु भएको छ ।
बिभिन्न २६ वटा उप–समितिले स्वर्ण जयन्तिलाई सभ्य र भब्य बनाउन तिव्र तयारीका साथ काम गरीरहेको मुल समारोह समितिका संयोजक खनालले जानकारी गराउनु भएको थियो ।
त्यसैगरी सात दिनका लागि नगर,प्रदेश र संघिय जनप्रतिनिधिहरुलाई दैनिक पालैपालो प्रमुख अतिथि बनाएर सबैको साझा संस्थाका रुपमा अघि बढाउने गरी कार्यक्रमहरु तयगरीएको संयोजक खनालले जानकारी दिनु भयो ।
स्वर्ण जयन्तिको लागि ५० लाख रुपैयाँ खर्च अनुमान गरेर अघि बढेको बताउदै अहिले सम्म ४१ लाख बढी संकलन भईसकेको र संकलनको अभियान जारी रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
स्वर्ण जयन्तिको पहिलो दिन १५ गते प्रभातफेरी, समुद्घाटन, स्मारक लोकार्पण, पिटी, सुभकामना मन्तव्य, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, दिप प्रज्वलन गर्ने कार्यक्रम तयगरीएको छ भने दोस्रो दिन १६ गते जिल्ला स्तरीय वक्तृत्वकला, खेलकुद, पुर्व शिक्षक सम्मान तथा सुभकामना, साँस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम तयगरी आयोजक अघि बढेको जानएको छ । त्यसैगरी तेस्रो दिन १७ गते संस्थापक, पुर्व वि.व्य.स., पुर्व शि।अ।स, पुर्व विभिन्न उप–समिति सम्मान, नगरपालिका स्तरिय खुल्ला म्याराथुन प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ भने चौथो दिन १८ गते साँस्कृति कार्यक्रम, चन्दादाता, दानदाता सम्मान तथा सुभकामना जलपान, खाना महोत्सव, रक्तदान कार्यक्रम र बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ । त्यस्तै पाचौँ दिन १९ गते पुर्व विद्यार्थी पुर्नमिलन, सम्मान तथा सुभकामना, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम ,छैठौँ दिन २० गते जिल्ला स्तरिय भलिबल प्रतियोगिता फाइनल, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम र सातौँ दिन २१ गते दिप प्रज्वलन, स्मारिका विमोचन, साँस्कृतिक कार्यक्रम, सम्मान, पि।टी। खाना महोत्सव, जलपान तथा समापन र बेलुका दिप प्रज्वलन कार्यक्रम गरी स्वर्ण जयन्ति समापन गर्न गरी अघि बढीएको विद्यालयले प्रकाशन गरेको आमन्त्रण ब्रोसरमा उल्लेख गरीएको छ ।
स्वर्ण जयन्तिको समुद्घाटनको प्रमुख अतिथिको रुपमा नेपाल सरकारको सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मालाई निमन्त्रणा गरिएकोसंयोजक खनालले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो ।
पत्रकार सम्मेलनमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाई,निर्वतमान अध्यक्ष्ँ टुकप्रसाद बस्याल,बर्दघाट नगरका पहिलो नगर प्रमुख धिरज शर्मा बस्याल लगाएत स्वर्ण जयन्ती मुल समारोह समितिका ब्यक्तिहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन प्र.अ. पुष्पराज अधिकारीले सञ्चालन गर्नु भएको थियो ।