sunwal

राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको अध्यक्षमा धनप्रसाद भट्टराई 

65

 

बर्दघाट,पौष–४

राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको अध्यक्षमा धनप्रसाद भट्टराई चयन हुनुभएको छ । नेकपा एमाले निकट युवा संघको  परासीमा सम्पन्न विशेष युवा भेलाले भट्टराईको नेतृत्वमा नयाँ जिल्ला कमिटी घोषणा गरेको हो ।

नवगठित राष्ट्रिय युवा संघ नवलपरासीको ७५ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा विनोद पुन, सचिवमा सन्दिप अधिकारी,उपसचिवमा सन्देश गुरुङ र उमेश सहानी तथा कोषाध्यक्षमा कमल अमात्य चयन हुनुभएको राष्ट्रिय युवा संघ नेपाल नवलपरासीका निवर्तमान अध्यक्ष ज्ञानप्रसाद पाठक सन्तोषले जानकारी दिनुभयो ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेकी केन्द्रीय सदस्य एवं संघीय सांसद सरिता भुसालले युवाहरु परिवर्तनको सम्बाहक रहेको बताउनु भयो । उहाँले युवाहरुलाई उत्पादन र रोजगारीसँग जोडेर  देशमै टिकाउने वातावरण बनाउन युवा संघले सरकारलाई घच्घच्याउनुपर्नेमा जोड दिनुभयो ।  एमालेले आफ्ना हरेक कमिटीमा ४० वर्ष भित्रका युवाहरुलाई प्रतिनिधित्व गराउने व्यवस्था गरेको बताउँदै युवाहरु पार्टी र मुलुकको नेतृत्व गर्न अघि सर्नुपर्नेमा जोड दिनुभयो ।

संगठनका जिल्ला अध्यक्ष ज्ञानप्रसाद पाठक सन्तोषको अध्यक्षता तथा केन्द्रीय सचिव खेमराज शर्माको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी, राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेल, केन्द्रीय सदस्य रामबहादुर भण्डारी,पूर्व जिल्ला अध्यक्ष श्याम बस्याल, एमाले प्रदेश सदस्य एकादेव पाण्डे, रिटर्नी फेडेरेसन नेपालका जिल्ला अध्यक्ष चिरञ्जिवी खनाल लगायतले सम्बोधन गर्नुभएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश सहईन्चार्ज पृत्तम पौडेलले जानकारी दिनुभयो ।