Sarawal sit lahar Notis

पारिजात सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा कमान सिंहथापा

118

कृष्ण ढकाल
बर्दघाट,मंसीर–३०
पारिजात सामुदायिक वन उपभोक्ता समुहको २५ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ ।
आज भएको अधिवेशनले कमान सिंह थापाको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति सर्बसम्त रुपमा चयन भएको छ । जस्को उपाध्यक्षमा राजबहादुर पाण्डे क्षेत्री सचिवमा दिल कुमारी कुवंर,सह–सचिवमा कमला गोदार र कोषाध्यक्ष नारायणप्रसाद चौधरी रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा राधिका कुमारी पाण्डे,राजमंगल सहानी,सन्तोष गुरुङ,साबित्रा ढकाल,यमुना पाण्डे,रमेश ज्ञवाली,सुस्मा न्यौपाने र इन्ताव हुसेन अन्सारी रहनु भएको निर्वाचन मण्डलले जानकारी गराएको छ ।

त्यस्तै लेखा समितिमा प्रेमबहादुर बि.क.को संयोजकत्वमा चित्रबहादुर बर्मा ( क्याप्टेन) र नैनकला कंडेल सदस्य रहनु भएको छ ।
अनुगमन तथा मुल्याङ्कन समिति तर्फ भने युवराज पाण्डे संयोजक शुशिला देवकोटा र शुशिल तिमिल्सीना सदस्य रहनेगरी समुहको ८औं अधिवेशनलाई सर्ब सहमतिमा सम्पन्न गरीएको छ ।

समुहका अध्यक्ष चुडामणी भण्डारीको अध्यक्षता , उपाध्यक्ष आनन्द पुरीको स्वागत मन्तब्य र सचिव कृष्णप्रसाद न्यौपानेको सञ्चालनवाट शुरु भएको वार्षीक साधारण सभा तथा अधिवेशन कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ प्रमुख अतिथिका रुपमा रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले वन जंगल सबैका लागि र सधैंका लागि आवश्य पर्ने भएकाले सबै मिलेर वनको संरक्षण गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै नगरका राजनितिक पार्टीका नेताहरुले पारिजात सामुदायिक वन उपभोक्ता समूहको विधान पुनरलेखन गर्नु पर्नेमा जोड दिएका थिए । अहिलेको बिद्यान पूर्णरुपमा असंगतिपूर्ण रहेको ठहर्गर्दै सच्चाएर अघि बढ्न आग्रह गरेका थिए । त्यसैगरी समुहको नेतृत्वका विषयमा सहमति गर्नु नै उत्तम विकल्प रहेकोमा जोड दिएका थिए ।

बर्दघाट नगरपालिकाको वडा नं. ४,६,१२ र १३ सरावल गाउँपालिकाको वडा नं. ६ र ७ लाई आफ्नो सेवा क्षेत्र बनाएर २०६० सालमा दर्ता भएर सञ्चालनमा आएको उक्त वनमा अहिले ४ हजार १ सय १७ घरधुरी उपभोक्ताहरु सदसयका रुपमा रहेका छन । २७ जना कार्य समिति रहेको उक्त वनको क्षेत्रफल भने ४ सय ५ दशमलब १५ हेक्टर रहेको छ ।