कृष्ण ढकाल
बर्दघाट,असोज–२६
चाडपर्वहरु शुरु भएसंगै पश्चिम नवलपरासी जिल्लामा जिल्ला प्रहरी र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रुपमा यात्रु सहायता कक्ष स्थापना गरेका छन ।
जिल्लाको ५ स्थानमा स्थापना गर्न लागिएको यात्रु सहायता कक्षको शुभारम्भ आज बर्दघाटको त्रिवेणी चोकबाट शुरु गरीएको छ । योसंगै जिल्लाको सुनवल,भुमहि,परासी र महेशपुरमा यात्रु सहायता कक्ष सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख काजीकुमार आचार्यको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजनागरी उक्त यात्रु सहायता कक्षको शुभारम्भ गरीएको थियो ।
विजयादशमी, दीपावली, छठ तथा ईदपर्वलाई लक्षीत गरी स्थापना गरीएको उक्त सहायता कक्षवाट ‘चाडपर्व विशेष सुरक्षा योजना’ अन्तर्गत २४सैं घण्टा सेवा प्रवाह गर्ने गरी यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय प्रमुख राजु खत्रीले बताउनु भएको छ ।
चाडपर्वका बेला सवारी आवागमनमा वृद्धि, ट्राफिक व्यवस्थापन, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा सवारी दुर्घटना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सहायता कक्षको स्थापना गरिएको बताइएको छ ।