Sarawal sit lahar Notis

हाम्रो सुपर वचत तथा ऋण सहकारी संस्थाको बिस्तारीत भेला सम्पन्न ।

231

कृष्ण ढकाल
बर्दघाट,असोज–१८

हाम्रो सुपर वचत तथा ऋण सहकारी संस्था बर्दघाट–२,चिसापनी केन्द्रिय कार्यालयको विस्तारीत भेला सम्पन्न भएको छ । संस्थाको १६ औं वार्षिक साधारण सभा अन्तर्गतको विस्तारीत भेला आज दुर्गा मन्दिरमा सम्पन्न् भएको हो।

संस्थाका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षतामा भएको भेलामा संस्थाकी उपाध्यक्ष्ँ सावित्री दुवाडीको स्वागत र सचिव विष्णु प्रसाद बरालको संचालन रहेको थियो ।

असोज १४ गते जिमिरेभार सेवा केन्द्र,१५ गते पञ्चनगर सेवा केन्द्र,१६ गते भटौलिया सेवा केन्द्र,१७ गते एकता महिला सेवा केन्द्र र १८ गते मुख्य कार्यालय गरी ५ स्थानमा संस्थाले आफ्नो १६ औं वार्षिक साधारण सभाका लागि क्षेत्रीय भेला सम्पन्न् गरी सकेको छ ।
सबै सेवाकेन्द्रहरुमा भएको बिस्तारीत भेलाबाट आएका प्रतिनिधिहरु सहित १६औं वार्षिक साधारण सभाको माईन्युट कोलोज समितिको अन्तिम सभा यहि असोज २० गते शनिवार बि.एन.बि. कटेलमा आयोजना हुने अध्यक्ष खेमराज सुवेदीले बताउनु भएको छ ।

२०६७÷ ०६८ बाट आफ्नो सेवा शुरु गरेको हाम्रो सुपर वचत तथा ऋण सहकारी संस्थाको गत असार मसान्त सम्म ३ करोड ९ लाख ३१ हजार १ सय शेयर पुजीं रहेको छ भने ३२ करोड ९५ लाख ९६ हजार ८ सय ९० रुपैया कुल सम्पती रहेको संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख गरीएको छ ।

त्यसैगरी २४ करोड ९५ लाख ५० हजार १ सय ७८ रुपैया बचत रहेको यस संस्थामा २५ करोड ७३ लाख ५२ हजार २९ रुपैया ऋण लगानी गरेको र १ करोड ५० लाख १४ हजार ७ सय ४ रुपैया जगेडा कोष रहेको संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख गरीएको छ । ५ हजार १ सय ९४ जना शेयर सदस्य रहेको उक्त सहकारीले बर्दघाट नगरक्षेत्र भित्रमात्र आफ्नो कार्यक्षेत्र निर्धारण गरेको छ ।