कृष्ण ढकाल
बर्दघाट,असोज–५
आर्थिक बर्ष २०७९र८० मा सम्पन्न भएका योजनाहरुको सार्वजनिकीकरण गर्ने कार्यमा बर्दघाट नगरपालिका वडा नं. १४ पहिलो भएको छ । आज वडा नं. १४ ले आयोजना गरेको सम्पन्न भएका योजनाहरुको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले अब नगरका सबै वडाहरुले असोज महिना भित्र सम्पन्न भएका योजनाहरुको सार्वजनिकीकरण गर्ने बताउनु भएको थियो ।
फरक प्रसंगमा नगर प्रमुख श्रेष्ठले आगामि शैक्षिक शत्रवाट जनप्रतिनिधि,कर्मचारी र शिक्षकका छोराछोरीहरुले अनिवार्य सामुदायिक विद्यालयमा पढनुपर्ने ब्यवस्था नगरले गर्ने जानकारी गराउनु भएको थियो ।
त्यसैगरी सोहि कार्यक्रममा बोल्दै सामाजिक बिकास समितिका संयोजक भिमकाजी गुरुङ्ले सडक बत्तिको बक्यौता रकम भुक्तानिमा परेको समस्या,नगर शिक्षा ऐन र त्यसको कार्यान्वयन पक्ष,शिर्षक रकमान्तर गर्दाको असर र सडकहरुको स्तरउन्नतीका बिषयमा जानकारी गराउनु भएको थियो ।
बर्दघाट १४ का वडाध्यक्ष सन्त बहादुर गाहाको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष सन्तबहादुर गाहाले वडा स्तरीय बजेटको कार्यान्वयनको बिवरण सार्वजनिक गर्दै ७५ लाख ५२ हजार रुपैयाँको सम्पन्न कार्य सम्पन्न गरेको जानकारी गराउनु भएको थियो ।
उहाँले वडा भित्र सञ्चालनमा रहेका विद्यालय तथा सार्वजनिक स्थानहरूमा विभिन्न स्थानीय, प्रदेश र संघीय सरकारबाट प्राप्त अनुदान, नगरको हिउँदे अधिबेशनबाट शीर्षक परिवर्तन भइ वडामा सम्पन्न भएका कार्यहरूको सार्वजनिक गर्नु भयो ।
आर्थिक बर्षमा घरगोठ र जग्गा नामसारी, नगरिकता सिफारिस, नाता प्रमाणीत गरि २ हजार ७ सय ६७ वटा सिफारिस गरिएको छ । जन्म दर्ता, मृत्यु दर्ता, बिबाह दर्ता, बसाईसराइ गरि ४ सय ७९ वटा व्यक्तिगत घटना दर्ता भएको वडा कार्यालयले जानकारी दिएको छ ।वडाले गत बर्ष सम्पती कर, भुमिकर , सिफारिस दस्तुर, घटना दर्ता, वहाल कर गरि १९ लाख ५४ हजार ८ सय ३ रुपैया राजस्व संकलन गरेको छ ।
कार्यक्रममा बसुदेव पौडेल, शिशिर बि।क।, लक्ष्मण हमाल, कृष्ण कामु, नेपाल काङ्ग्रेस बर्दघाट नगर सभापति दामोदर जि।सि।लगायतले बोल्दै वडा भित्रको सार्वजनिक जग्गा, सेवा प्रवाह, कृषि, पशुपालन, बिकास निर्माण, शिक्षा, स्वास्थ्य, सिचाइ, बिद्धुतिकरण लगायतका बिषयमा प्रश्न उठाउनु भएको थियो ।
वडा सदस्य सुजना बिकको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन वडा सचीव टङ्कनाथ भण्डारीले गर्नु भएको थियो भने कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,विभिन्न संघसस्थाहरुका प्रतिनिधि तथा स्थानिय वडाबासिहरुको उपस्थिति रहेको थियो । झन्डै ९९ प्रतिशत योजनाहरु सम्पन्न भएको वडाले जनाएको छ।आर्थिक बर्ष ७९र८० मा वडा नम्बर १४ लाई ७३ लाख २६ हजार बजेट बिनियोजन भएको थियो ।