Sarawal sit lahar Notis

जानकी ग्याँसको सिलिन्डरमा तोकिएको मापदण्ड पुगेन ।

249

कृष्ण ढकाल
बर्दघाट,भदौं–२७
जानकी ग्याँस कम्पनीले बिक्रि गर्ने खाना पकाउने सिलिन्डर ग्याँसमा तोकिएको मापदण्ड अनुसारको तौल नभएको पाईएको छ । खाना पकाउने ख्ाँली ग्याँसको सिलिन्डरको तौल १५ किलो ४ सय ग्राम हुनु पर्नेमा २३ किलो बढी तौल भएको खाली शिलिन्डर रहेको छ भने उपभोक्ताले पाउनु पर्ने १४ किलो २ सय ग्राम ग्याँस मध्ये ६ किलो मात्र पाएका छन् ।

बर्दघाट–२,चिसापानीको ब्लक नं. १ मा रहेको बुद्धि जनरल स्टोरबाट बिक्रि गरीएको जानकी ग्याँस कम्पनीको खाना पकाउने ग्याँसको सिलिन्डरमा यस्तो समस्या भएको पाईएको हो । ग्याँस सिलिन्डरको पुरा मुल्य तिरेर पनि आधा परिणामको सामान पाएपछि उपभोक्ताले विक्रिगर्ने पसल साहु र उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिलाई खवर गरेका थिए ।

खवर पाएसंगै बर्दघाट नगरपालिकाको अनुगमन समितिका संयोजक तथा नगर उप प्रमुख रुद्रप्रकाश उपाध्याय ,राजश्व शाखा प्रमुख सारदा जि.सी., उद्योग वाणीज्य शाखा प्रमुख पशुपति गैरे,उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिका सचिब कुस्माकर ढकाल,सदस्य माधब अधिकारी,संचारकर्मी माधब घिमिरे सहितको टोलीले उक्त पसलमा पुगेर अनुगमन गरी २३ किलो बढी तौल भएको खाली शिलिन्डरलाई नियन्त्रण्मा लिएको छ ।

लिक्युट पदार्थ रहेजस्तो महसुश गर्न सकिने उक्त खाना पकाउने जानकी कम्पनीको ग्याँस सिलिन्डर नगरपालिकाले आफ्नो नियन्त्रणमा लिएसंगै अब त्यसको यथार्थ कारण पत्ता लगाएर आवश्यक प्रक्रिया अघि बढाईने अनुगमन समितिका संयोजक तथा नगर उप प्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनु भएको छ ।
यसै विच
ग्याँसको अनुगमन गर्न जानेक्रममा गाडीमा घुमाएर थान कपडा बेच्दै गरेको बा ८ च ४६२७ नम्वरको भ्यानलाई समेत नगरको टोलीले नियन्त्रणमा लिएर आवश्यक चेकजाँच कालािग नगरपालिकामा पठाएको थियो ।
काठमाण्डौंबाट भ्यानमा कपडा लिएर बेच्दै हिडेको बताउने उक्त गाडीका चालकले काठमाण्डौको बिल देखाए पनि बिल अनुसारको सामानहरु रहे नरहेको र बिलका बारेमा समेत बुझनु पर्ने भन्दै नगर पठाईएको थियो ।
नगरमा पुगेर चेकजाँच गर्दा बिल अनुसारका सामानहरु रहेपनि नगरमा उस्को ब्यवसाय सुचिकृत नभएको पाईएपछि ३ हजार ५ सय धरौटी बाराबरको रकम काटेर आईन्दा गाडीमा डुलाएर नबेच्ने शर्तमा छोडिएको उप प्रमुख उपाध्यायले बताउनु भएको छ ।