sunwal

एसिया कप हेर्न महाकवि देवकोटा माबी बिदा

70

कृष्ण ढकाल
बर्दघाट,भदौं–१८

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ४ मा रहेको महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले नेपाल र भारत बीचको हुने एसिया कप प्रतियोगिता हेर्नका लागि विदा दिएको छ ।

विधालयका प्रानाध्यापक खेमलाल शर्माले एक सुचना जारि गर्दै एसिया कप क्रिकेट खेल अन्तर्गत भोलि ( सोमबार)१८ गते दिउँसो ३ बजेबाट हुने नेपाल भारतको एतिहासिक खेल हेर्न बिदा दिइएको बताउनु भयो । क्रिकेट खेल र खेलाडीको समान गर्दै विद्यार्थी तथा शिक्षकका लागि दिउसो २ बजे देखि विदा दिएको जानकारी शर्माले दिनु भयो ।

भारत जस्तो शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरुको निम्ति ठूलो गौरवको कुरा भएको भन्दै विधालयले नेपालले भारतसँग एशिया कपको खेल खेल्न लागेकोले टिमको हौसला बढाउन विद्यार्थीहरुमा खेल प्रति उर्जावान भावना जागृत गराउन २ बजे पछि कुनै पनि कक्षा संचालन नगरी विदा गरिएको विधालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले बताउनु भयो ।