कृष्ण ढकाल
बर्दघाट,भदौं–१६
२८ बर्ष देखि निरन्तर एउटै ब्यक्तीले कुनै संस्थाको नेतृत्व गरीरहेको छ भन्ने सुन्दा तपाइलाई अचम्म लाग्न छ । निरन्तर नेतृत्व गर्ने मात्र हैन २८ बर्ष सम्म पनि न त संस्था दर्ता छ । न त त्यसको अहिले सम्म सामाजिक लेखा परिक्षण ( अडिट) नै भएको छ ।
त्यति मात्रहैन अहिले पनि त्यस संस्थामा तपाईले कुनै रेकर्ड माग्न जानु भयो भने प्लाप्टीकका पोका र कापीका पानाहरु पल्टाएर अधुरा र अपुरा रेकर्डहरु देख्न पाउनुहुन्छ । यसरी चलेको संस्था कुनै दुर्गम स्थानको हैन बर्दघाट–१३,धनेवामा संचालनमा रहेको खानोपानी संस्थाको हो ।
लुम्बिनी प्रदेशको पूर्वीद्धारमा रहेको बर्दघाट नगरपालिका वडा नं. १३ धनेवामा रहेको जहदा मनरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति स्थानियवासीहरुलाई शुद्ध र गुणस्तरीय खानेपानी वितरण गर्नका लागि २०५२ सालमा स्थापना गरिएको थियो ।
दलिय भाग भण्डामा बनाईएको उक्त समितिको नेतृत्व गर्न तात्कालिन समयमा नेकपा एमालेलाई अध्यक्ष , नेपाली काँन्ग्रेसलाई उपाध्यक्ष र कोषाध्यक्ष दिएर अन्य पदहरु समेत भागबण्डामा गरीएको संस्थापक तदर्थ समिति तथा हाल सम्मका अध्यक्ष निमानन्द न्यौपानेले बताउनु भएको छ । उहाँ भन्नुहुन्छ “ एमालेलाई परेको कोटावाट म अध्यक्ष भए भने नेपाली कान्ग्रेसको कोटाबाट उपाध्यक्षमा तोलाकान्त चापागाई पर्नु भएको हो । पछि माओवादीको कोटाबाट डि.बि. थापा पर्नु भएको हो । कोषाध्यक्षमा नेपालि काँन्ग्रेसबाट मेनुका आचार्यर सह–सचिब पुष्पा पौडेल हुनुहुन्छ त्यही समितिले नै अहिले सम्म काम गरीरहेका छौं । ”
करोडौंको आर्थिक कारोवार गरेको जहदा मनरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २०७८ चैत्र १३ गतेबाट आफ्ना उपभोक्ताहरुलाई खानेपानी वितरण शुरु गरेको छ । खानेपानी वितरणका लागि आवश्यक पर्ने डिप बोरिङ्ग धसाउदा शुरुमा उपभोक्तहरुबाट जनही १ हजार रुपैयाका दरले रसिद काटेर लिएको थियो । तर कार्यालयमा भने त्यसको पुरा विवरण भेटिदैन । भेटिएका ठेली र कापिका पानामा भएको स्पष्ट हिसाब छैन । तर अध्यक्ष न्यौपानेले भने हिसाबको पुरै विवरण राखिएको र पछि उपलब्ध गराउने बताउनु भएको छ ।
यसै बिषयमा संस्थाका सचिव डि.बि. थापासँग फोनमा बुझदा उहाँले संस्थाको सम्पूर्ण हिसाब किताब नजिकै रहेको ग्रामिण सहकारीमा खाता खोलेर नै कारोवार गरीएको बताउनु भएको छ । थापा भन्नुहुन्छ “ हामीले राखेका सबै हिसाब किताब चुस्त दुरुस्त छ पत्रकार साथीहरुलाई शंखा लागे कार्यालयमा आएर हेर्ने सक्नुहुन्छ । ” त्यसैगरी संस्था दर्ताका बिषयमा आफुहरु लागि परेको उहाँको भनाई छ ।
जहदा मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति बर्दघाट–१३, धनेवाले अहिले २ वटा बोरिङ्ग ( ६ सय ५० फूट र ४ सय ९५ फूट गहिरो ) बाट ४५ कि.मि. क्षेत्रमा पाईप विस्तारगरी ५ सय ५८ वटा पानीका धाराहरु वितरण गरेको संस्थाका अध्यक्ष निमानन्द न्यौपानेले बताउनु भएको छ ।
मनहरीको एक वडालाई समेत आयोजना क्ष्ँेत्र भित्र पारेर ९२ कि.मि.सर्बे गरीएको भएपनि अहिले सबै क्ष्ँेत्रमा सेवा प्रदान गर्न नसकिएको अध्यक्ष न्योपानेले बताउनु भएको छ । २ लाख २५ हजार लिटर क्षमताको खानेपानी टंकी निमार्ण गरेर सबैलाई शुद्ध पानेपानी वितरण गर्ने लक्ष्य लिएपनि सबैले धारा जडान नगरेका कारण संस्था संचालनमा समेत समस्या आएको अध्यक्ष न्यौपानेले बताउनु भएको छ ।
एक बर्ष अघि पानीको गुणस्तर चेकगर्न विश्व स्वास्थ्य संगठनको टोलीले ल्याप सहित संस्थामा नै आएर परिक्षण गरी शुद्ध रहेको बताएपनि घर घरमा धारा जडानमा कमी भएको अध्यक्षको भनाई छ । उहाँका अनुसरा अहिले संस्थाले ५ हजारमा धारा जडान गर्दै आएको छ ।