Sarawal sit lahar Notis

नवलपरासीका थारु समुदायले टिकापुर घटनालाई आठौं बार्षिक स्मृतिको रुपमा मनाए

63

डोल्मा चौधरी

परासी,भदौ–७
पश्चिम नवलपरासीका थारु समुदायले टिकापुरमा भएको घटनालाई आठौं बार्षिक स्मृतिको रुपमा मनाएका छन् । २०७२साल भदौ ७ गतेकै दिन कैलालीको टिकापुरमा भएको घटनाको आज ८ बर्ष पुरा भएको छ । सो अवसरमा थारु कल्याणकारीणी सभा र थरुहट थरुवान सयुक्त संघर्ष समिति नवलपरासीले शुक्रबार आज परासीमा अन्तरक्रिया गरेको छ

आजकै दिन टिकापुर आन्दोलनमा थारु समुदायमाथि आक्रमण भएको विरोधमा टीकापुर घटनालाई विद्रोह स्मृतिको रुपमा मनाएको थाकसका जिल्ला अध्यक्ष मुन्द्रिका प्रसाद चौधरीले बताउनु भयो । कार्यक्रमा बाल्दै पुर्व शिक्षा राज्य मन्त्रि गोविन्द चौधरीले राज्यले थारु समुदायलाइ सिमानकृत र जनसंख्यको आधारमा टुक्रा टुक्रा गरेर विभाजन गरेको बताउनु भयो । उहाँले राणाकालिन समय र अहिलेको बर्तमान गणतन्त्रात्मक व्यवस्थापनमा शासनको व्यवस्था उहिरहेको बताउदै अबको दिनमा शासन पदतिलाई र्चिनका लागि सम्पुर्ण पहिचान वादि एक जुट भएर लाग्नु पर्ने बताउनु भयो ।

यस्तै थारुहट थरुवान सयूक्त संघर्ष समितिका अध्यक्ष ओम प्रकाश चौधरीले अझै पनि घटनामा मुर्छियका ४ जना थारु जेलजिवन कटाइरहेका ति सबै निर्दोशलाइ सरकारले रिहा गर्नु पर्छ भन्ने कुरामा जोड दिनु भएको थियो ।

त्यसै गरी थाकसका जिल्ला उपाध्यक्ष बालगोविन्द चौधरीले एकता शक्तिको इतिहार रच्ने समय आइसकेको छ, अब सचेत हुन जरुरी रहेको बताउनु भयो ।
सो अवसरमा केन्द्रय पार्षद चन्द्रिका चौधरी,थाकस जिल्ला उपाध्यक्ष ठगई गुरौउ, सहसचिव जोगमाया चौधरी, भवानि शंकर चौधरी लगाएतले पहिचान स्थापितका लागि जुट भएर लाग्नु पर्ने कुरामा जोड दिनु भएको थियो । उक्त कार्यक्रमको जानकारी थाकसका जिल्ला सचिव कनहै चौधरीले दिनु भयो ।