Holi asnjal makar GURU

लायन्स क्लब अफ नवलपरासी दाउन्नेद्धारा अस्पताल परिसरमा फुलका बिरुवाहरु रोपियो ।

86

कृष्ण ढकाल
बर्दघाट,भाद्र–२

लायन्स क्लब अफ नवलपरासी दाउन्नेले चिसापानी अस्पतालको सौंदर्यीकरणका लागि विभिन्न प्रजातीका फुलका बिरुवाहरु रोप्ने कार्य सम्पन्न गरेको छ ।

शुक्रवार बर्दघाट नगरपालिकाका नगर प्रमुख तथा अस्पताल ब्यबस्थापन समितिका संरक्षक शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा अस्पताल परिसरमा फुलका बिरुवाहरु रोप्ने कार्य सम्पन्न गरेको थियो ।

बर्दघाट नगरपालिकाले शुरुगरेको हरियाली प्रवर्धन कार्यक्रमलाई सहयोग पुग्नेगरी लायन्स क्लब अफ नवलपरासी दाउन्नेले चिसापानी अस्पताल परिसरमा फुलका विरुवा रोप्नेकार्य गरेको क्लबका अध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनु भयो ।

डिस्ट्रिक ३२५ पि नेपाल अन्तर्गत रहेको लायन्स क्लव अफ नवलपरासी दाउन्नेका अध्यक्ष रमेश कुमार श्रेष्ठको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बडा नं. २ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री,चिसापानी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ईन्द्रप्रसाद सापकोटा, यम बहादुर थापा,लायन कमला बस्याल,एओजी युवराज डुम्रे , निवर्तमान अध्यक्ष भिम प्रसाद सुवेदी लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक सागर पराजुलीको स्वागत मन्तव्यबाट सुरु भयेको कार्यक्रमको संचालन सचीव अर्जुन पौडेलले गर्नुभएको थियो।