sunwal

२९ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा वृक्षारोपण

135

बर्दघाट,श्रावण–२२
नेपाल आदिवासी जनजाति महांसघ पश्चिम नवलपरासीको आयोजनामा आज सोमबार बर्दघाट ४ नयाँवस्तीमा वृक्षारोपण गरिईएको छ । २९ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा वृक्षारोपण जनजाति दिवसको अवसर पारेर महासंघले वृक्षारोपण गरेको हो ।
संघले दिवस मनाउने क्रममा साउनको १८ गते पृथ्वी चन्द्र अस्पतालमा विरामिहरुलाई फलफुल वितरण गरेको थियो भने २० गते रक्तदान कार्यक्रम गरेको थियो । आज आफ्नै संघको कार्यलय परिसरमा वृक्षारोपण गरेको महासंघकी अध्याक्ष तारा रानाले बताउनु भयो ।
उहाँले २४ गते बर्दघाटमा भव्यरुपमा आदिवासीका विभिन्न जातिय संगठनहरुको सांस्कृति झल्किने खालको झाकि, नाचगान सहित दिवस मनाउने योजना रहेको बाताउनु भयो ।

कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका वडा नं। ७ का अध्यक्ष एवं नेपाल आदिवासी जनजाति महासंघ बर्दघाट नगर समितिका अध्यक्ष धुर्व थारुले विकास र उन्नतिको लागि सबै जातिमा एकता हुन जरुरी रहेको बताउनु भयो । उहाँले विरुवा रोपेर मात्र हुदैन यसको संरक्षणका लागि ध्यान दिन जरुरि रहेको बातउदै राम्रोसंग हुर्केको विरुवा जस्तै आदिवासी जनजातिहरुको विकास हुन जरुरी रहेको बताउनु भयो ।

२९ औ विश्व आदिवासी जनजाति दिवसको अवसरमा २४ गते बुधबार बर्दघाटमा लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीको प्रमुख आथिथ्यतामा सभाको आयोजना गरिएको जनजाति महांसघ पश्चिम नवलपरासीका जिल्ला सचिव देवान गुरुङ्गले बताउनु भयो ।