कृष्ण ढकाल
बर्दघाट,श्रावण–२२
पश्चिम नवलपरासीमा रहेको शैक्षिक एक्यवद्धताको समुह अर्थात जिसन नवलपरासीले आफ्नो २१ औं स्थापना दिवसको अवसरमा बुद्धमंगल ताल संरक्षण समितिलाई कंक्रिट बेन्च हस्तान्तरण गरेर दिवस मनाएको छ । जिसनले ४ वटा कन्क्रीट बेन्च हस्तान्तरण गरेको छ ।
जिसनका प्रमुख सल्लाहकार सन्तोष रौनियारको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै पमुख अतिथि रौनियारले स्थानीय स्तरमा पर्यटन प्रवर्द्धन गर्न सबैको साथ र सहयोग चाहिनेमा जोड दिनु भएको थियो । उहाँले जिसनमा आवद्ध विद्यालयहरुले बुद्धमंगल तालको अवलोकनका लागि विद्यार्थी, अभिभावक, विद्यालय सञ्चालक लागायतलाई भम्रण गराउन ल्याउने प्रतिवद्धता जाहेर गर्दै त्यसका लागि पानी ,विजुली र शौचालय लगाएत सरसफाईको ब्यवस्था गर्न स्थानिय ताल संरक्षण समितिलाई आग्रह गर्नु भएको थियो ।
त्यसैगरी बर्दघाट नगरपालिका वडा न १२ का वडा अध्यक्ष उमाशँकर चौधरी र वडा नं. १३ का वडाध्यक्ष नर बहादुर चौधरीले वडाले आफ्नो तर्फवाट गर्न सक्ने सहयोग गर्न आफुहरु तयार रहेको धारणा राख्नु भएको थियो ।
त्यस्तै
जिसनका पुर्व अध्यक्ष एव सल्लाहकार इन्द्र बहादुर गुरुङ्गले जिसनले सामाजिक उत्तरदायित्व महशुस गर्दै विभिन्न सामाजिक कामहरु गरिएको बताउनु भएको थियो ।
जिसनका बरिस्ट उपाध्यक्ष थमन शेरचनलको स्वागतवाट शुरु भएको कार्यक्रममा बोल्दै यम बहादुर थापा,बुद्ध मगल ताल सरक्षण समितीका अध्यक्ष जय बल्लभ पाठक,बुद्ध मंगल ताल महिला जागृती बन उपभोक्त समितिकि अध्यक्ष गोमा खाती लगाएतले जिसनले बुद्ध मंगल तालमा पर्यटन प्रबर्द्धन गर्न महत्वपूर्ण भुमिका खेलेको बताएका थिए ।
जिसन नवलपरासीका अध्यक्ष डम्बरबहादुर गुरुङ्गको अध्यक्षता र सचिब यज्ञ प्रसाद न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । २०५९ सालमा स्थापना भएको जिसनमा अहिले ४४ वटा संस्थागत विद्यालयहरु आवद्ध रहेका छन ।