कृष्ण ढकाल
बर्दघाट,श्रावण–११
बर्दघाट नगरपालिकाले नियमित खोप सुदृढीकरण,पूर्णखोप सुनिश्चितता र दिगोपनाको लागि सुक्ष्म अध्यावधिक कार्यक्रम सम्पन्न् गरेको छ ।
नगरका सबै स्वास्थ्य संस्थाहरुका स्वास्थ्यकर्मीहरुले हिजो र आज अर्थात साउन १० र ११ गते नगरको सभाहलमा सहभागि भएर उक्त समिक्षा गरेका थिए । समिक्षा कार्यक्रममा पहिलो दिन स्वास्थ्यकर्मीहरु सहभागि रहेका थिए भने दोस्रो दिन नगरका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा खोपबाट बचाउन सकिने रोगहरुको निगरानी,नमुना संकलन तथा ब्यवस्थापन,पूर्ण खोप वडा र पालिका सुनिश्चितताको लागि खोप समन्वय समिति तथा जनप्रतिनिधिहरुको अभिमुखिकरण,वडामा घरधुरी सर्वेक्षण लगाएत स्वास्थ्य संस्थाहरुवाट भएको एक आर्थिक बर्षको कार्य सम्पादनहरुको वारेमा कार्यक्रममा आन्तरीक समिक्षा गरीएको थियो ।
कार्यक्रममा नगर उप प्रमुख रुद्रप्रकाश उपाध्याय ,नगर प्रवक्ता सन्तु गाहा,सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङ्ग ,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।