sunwal

लायन वर्ष २०२३/२०२४ को पहिलो कार्यक्रम लगाईएका बिरुवाको गोडमेल ।

92

कृष्ण ढकाल

बर्दघाट,साउन–१
लायन्स क्लब अफ नवलपरासी दाउन्नेले लायन वर्ष २०२३/२०२४ को पहिलो कार्यक्रम अन्र्तगत विगतका बर्षहरुमा गरीएको वृक्षारोपणको संरक्षण तथा सरसफाई कार्यक्रम सम्पन्न् गरेको छ ।

श्रावण १ गते अर्थात आज बर्दघाट नगरपालिका वडा नं.–९ मा रहेको ईस्कोन टेम्पल भुताहाको परिसरमा लायन्स क्लब अफ नवलपरासी दाउन्नेले गत बर्ष लगाएका बिरुवाहरुको गोडमेल तथा सरसफाई गर्ने कार्य सम्पन्न गरेको हो।

क्लबका कार्यक्रम संयोजक ईन्जिनियर छविलाल ढकालको नेतृत्वमा भएको विरुवा गोडमेल तथा सरसफाई कार्यक्रममा एओजी युवराज डुम्रे , जोन चेयर पर्शन तिलकराम खनाल, निवर्तमान अध्यक्ष भिम प्रसाद सुवेदी, वर्तमान अध्यक्ष रमेश श्रेष्ठ लगायत अन्य लायन सदस्यहरुको उपस्थिति रहेको थियो।

कुनैपनि संघ संस्थाहरुले विषेश दिन पारेर नयाँ बिरुवा लगाउने तर त्यसपछि फर्केर नहेर्ने परिपाटि रहेका बेला त्यसलाई चिर्दै पहिला लगाइएका बिरुवाहरुको जतन गर्ने र मृत बिरुवाको ठाउमा नयाँ लगाउने कार्यको सन्देश प्रबाह गर्न लायन्स क्लब अफ नवलपरासी दाउन्नेले कार्य शुभारम्भ गरेको कार्यक्रम संयोजक ढकालले बताउनु भएको छ ।

लायन्स क्लब अफ नवलपरासी दाउन्नेले गत बर्ष ईस्कोन टेम्पल भुताहामा जाली सहित बीस बिरुवाहरु लगाइएकोमा ती सम्पूर्ण बिरुवाहरुको सरसफाइ, संरक्षण र पुनःस्थापनाका अलावा थप बिरुवाहरुपनि ईस्कोन परिसरमा लगाइएको ढकालले बताउनु भयो । त्यसैगरी बर्दघाट–४ शिवालाय मन्दिर परिषरमा लागाईएका बिरुवाहरुको पनि सरसफाई गर्ने कार्य गरीएको क्लबका कार्यक्रम संयोजक ईन्जिनियर छविलाल ढकालले बताउनु भयो ।