sunwal

दुबै मृगौला फेलभएका धनप्रसादद्धारा आर्थिक सहयोगको अपिल ।

243

कृष्ण ढकाल
बर्दघाट,असार–२८
दुबै मृगौला फेल भएर उपचार गराई रहनु भएका बर्दघाट नगरपालिका वडा नं. ४ ,चिसापानी निवासी धनप्रसाद शर्माले आफ्नो जिवन रक्षाका लागि सबैसँग आर्थिक सहयोगको अपिल गर्नु भएको छ ।

परिवारीक रुपमा आर्थिक कम्जोरी रहेका कारण आफ्नो उपचारकाक्रममा धेरैनै ऋणधन गरेरै उपचार गरि रहेका धनप्रसादलाई अहिले डाइलाइसिसका लागि लाग्ने रकम समेत अभाव हुन थालेको उहाँको भनाई छ ।

पारिवारीक रुपमा घरपरिवारवाट नै मृगौला दिएर मृगौला प्रत्यारोपण गर्ने तयारीमा रहेका धनप्रसादले निरन्तर डाइलाइसिस गराइरहेका छन । दुबै मृगौला फेल भएर उपचार गराई रहनु भएका धनप्रसादको आर्थिक कम्जोरीका कारण केहि महिना अघि सम्म बर्दघाटको सागर पेट्रोल पम्पमा ग्राहकहरुलाई तेल भरीदिने काम गर्नुहुन्थ्यो ।

अहिले बढीनै विरामी भएपछि धनप्रसादले आफ्नो उपचारका लागि सहयोग गर्न आफ्नोे नाममा नेपाल ईन्भेष्टमेण्ट मेघा बैंक लि. ( NIMB) को खाता नं २३१०५४२०२५०००९ मा आफुसक्दो रकम पठाईदिनका लागि स्वदेश तथा बिदेशका आम नेपाली दाजुभाईसंग अपिल समेत गर्नु भएको छ ।