sunwal

बर्दघाट नगरमा सामुदायिकतर्फ दिब्यज्योति मा.बि.की आशिकाअधिकारी प्रथम

551

कृष्ण ढकाल
बर्दघाट,असार–२८

दिब्यज्योति मा.बि.की आशिकाअधिकारीले २०७९ को एस.इ.इ.परिक्षामा ३.८४ जिपिए ल्याएसंगै बर्दघाट नगरका सामुदायिक विद्यालयहरुतर्फ दिब्यज्योति मा.बि.पहिलो हुन सफल भएको छ । २०७९ को एस.इ.इ.परिक्षामा बर्दघाट नगरबाट ८ सय ६ जना बिद्यार्थी परिक्षामा सहभागि भएका थिए ।

बर्दघाट नगरका ११ वटा सामुदायिक विद्यालयहरु मध्ये दिब्यज्योति मा.बि.,चिसापानीका २ सय ७ जना बिद्यार्थीहरु एस.इ.इ.को परिक्षामा सहभागि भएका थिए । जसमध्ये १० जनाले ३.६ जिपिए भन्दा बढीअंक ल्याउन सफल भएका छन भने २२ जनाले ३.२ जिपिए भन्दा बढीअंक, ३१ जनाले २.८ जिपिए भन्दा बढीअंक,४४ जनाले २.४ जिपिए भन्दा बढीअंक,३४ जनाले २.० जिपिए भन्दा बढीअंक,४० जनाले१.६ जिपिए भन्दा बढीअंक र २६ जनाले ०.८ जिपिए भन्दा बढीअंक ल्याएका छन ।

शिक्षा तथा सामाजिक विकास निर्देशानलय लुम्बिनी प्रदेशबाट नमुना विद्यालयका रुपमा छनौट भएको बर्दघाट–२ चिसापानीको दिब्यज्योती माबि प्रदेशको नमुना विद्यालय छनौट भएसंगै विद्यालयका हरेक गतिविधिहरु प्रभावकारी बन्दै गएका छन् । जस्को प्रत्यक्ष प्रभाव २०७९ को एस.इ.इ.परिक्षामा समेत परेको छ ।

बिद्यालयको शैक्षिक गुणस्तर सुधारसंगै बालमैत्री , सुन्दर तथा सफा वातावरण अनुकुलीय समयसापेक्ष प्रयोगात्मक क्रियाकलापमा आधारीत रहेर अध्यापन गराउन शुरु गरेसंगै यस शैक्षिक शत्र देखि बिद्यार्थीहरुको चाप बढेर गएको छ ।

विद्यालयमा भौतिक संरचना प्रसस्त रहेको छ भने रकम अभाव, दबाब र संस्थागत विद्यालयहरुको प्रभाबका बिच पनि शिक्ष्ँक ,बिद्यार्थी र अभिभावकहरुको मिहनतका कारण नै दिब्य ज्योती माबिले २०७९ को एस. इ. इ. परिक्षामा सामुदायिकतर्फ जिपिएमा पहिलो हुन सफल भएको विद्यालयका प्र.अ. रमेश कुमार कुवंरले बताउनु भएको छ ।

कक्षा १ देखि १२ सम्म १ हजार ९ सय ५० जनाबढी विद्यार्थी अध्यनरत दिब्य ज्योती माबिमा अंग्रेजी माध्ययमको समेत अध्यापन हुने गर्दछ । विगत ४ वर्ष पहिले देखि प्राविधिक तह तर्फ कृषि शिक्षा, कक्षा ११ र १२ मा मानविकि,विज्ञान र शिक्षा बिषयमा समेत अध्यापन गराउदै आएको छ ।

बर्दघाट नगरपालिका वडा नम्वर २ चिसापानीमा रहेको दिब्यज्योती माबिमा अहिले सुस्ता गाउँपालिकाको बरुवा ,प्रतापपुर गाउँपालिकाको सेमरी र सरावल गाउँपालिकाको गोब्रईया देखि बिद्यार्थीहरु अध्ययनका लागि आउने गरेको बिद्यालयको भर्ना रेकर्डमा रहेको लेखापाल भुपाल पौडेलले बताउनु भएको छ ।

बर्दघाट नगरभित्र अहिले १५ वटा संस्थागत र ११ वटा सामुदायिक गरी २६ वटा माबिहरु रहेका छन् ।

बिद्यालयको भौतीक संरचनाहरुसंगै अब बिद्यार्थीहरु फेल रहित बिद्यालय बनाउने, जिवन उपयोगी सीप अनिवार्य सिकाउने र अनुसाशित बतावरण तयारपार्ने लगायतका कार्यगर्न अहिलेको वर्तमान बिद्यालय ब्यवस्थापन समिति लागि परेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर  गुरुङ्गले बताउनु भएको छ ।