बर्दघाट,असार–८
बर्दघाट प्रज्ञा प्रतिष्ठानले यहि असार १६ गते गर्न लागेको लुम्बिनी प्रदेश स्तरिय प्रतियोगितात्मक कविगोष्ठीको तयारी बैठक आज सम्पन्न् भएको छ । कविगोष्ठी संयोजक एवं भाषा तथा साहित्य बिभागका संयोजक हुमनाथ आचार्यको अध्यक्ष्ँतामा भएको बैठकमा गोष्ठिका सवालमा अहिले सम्म भएका कार्य सम्पादनहरुका वारेमा छलफल हुनुका साथै आगामी कार्ययोजनाका वारेमा घनिभुत छलफल भएको थियो ।
गोष्ठिलाई प्रभावकारी बनाउनका लागि सुचना सञ्चार,खाद्य तथा आवास,स्वागत,मञ्च ब्यवस्थापन लगाएतका उप–समितिहरु निर्माण गरीएको छ । बैठकमा उपसमितिहरुले गर्ने कार्यहरुका वारेमा जानकारी गराउनुका साथै बिभिन्न ब्यक्तिहरुलाई जिम्मेवारी समेत प्रदान गरीएको थियो ।
कुलपति डा. धनश्याम न्यौपाने,सदस्यसचिव बामदेव अधिकारी,परिषद सदस्य दिपप्रकाश लोहनी,रामहरि अधिकारी,कुस्माकर ढकाल,लक्ष्मी बर्तौला प्रज्ञा सभा सदस्यहरु मदन विष्ट,उत्तमध्वज के.सी.मुरली कृष्ण खनाल,दया दर्लामी,राधा अधिकारी लगाएतको बैठकमा सहभागिता रहेको थियो ।