कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–३२
नवलपरासी चेम्वर अफ कमर्सको पहिलो वार्षिक साधारण सभा तथा अधिवेशन यहि असार २ गते हुने भएको छ । नवलपरासी जिल्लामा रहेका उद्योग,ब्यापार क्षेत्रमा आवद्ध उद्योगी ब्यापारी,ब्यवसायीहरुको साझा संस्थाका रुपमा यो संस्था गठन भएको हो ।
बर्दघाटमा हुने नवलपरासी चेम्वर अफ कमर्सको पहिलो अधिवेशन कार्यक्रमको समुद्घाटन गर्न केन्द्रिय अध्यक्ष राजेन्द्र मल्ल आउनुहुने नवलपरासी जिल्ला अध्यक्ष चन्द्र ज्योती बस्यालले जानकारी दिनु भएको छ ।
उद्घाटन कार्यक्रममा चेम्वर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल,जिल्ला समन्वय समितिका अध्यक्ष भगौती यादव (रुदल) लगाएतको उपस्थिती रहने अध्यक्ष बस्यालले बताउनु भएको छ ।
१ सय ३ सदस्य रहेको उक्त जिल्ला संस्थाका केहि सदस्यहरुले सदस्यता प्राप्तीका लागि आवेदन फार्म समेत भरेको बताइएको छ । ब्यवसायिक हक अधिकारहरू संरक्षण र ब्यवसायिक दक्षता विकास गर्ने उद्धेश्यले स्थापना गरीएको यस संस्थाको नगर कमिटि देखि जिल्ला,प्रदेश हुदै केन्द्र सम्मको सरचना रहेको छ ।