बर्दघाट,बैशाख ५
नेपाल शिक्षक संघ नवलपरासीले दोषीलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बर्दघाटमा ज्ञापन पत्र बुझाएको छ । बर्दघाट २ चिसापानीमा रहेको दिव्यज्योति मा।बिमा गत चैत्र २७ गते शैक्षिक सत्र २०७९ को नतिजा प्रकाशनका दिन बर्दघाट नगरपालिकाबाट मनोनित बि।व्य।स। सदस्य सुबोध जागृत बुढाथोकीले शिक्षक स्टाफ कक्षमा अभद्र व्यवहार गरेको भन्दै नेपाल शिक्षक संघ नवलपरासीले कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बर्दघाटमा ज्ञापन पत्र बुझाएको हो ।
बर्दघाट नगरपालिकाबाट फिर्ता बोलाई सकेको अवस्थामा पनि पुनः म नै अध्यक्ष हुं भनी दिनको करिब १२ बजेको समयमा शिक्षक स्टाफ कक्षमा गएर अभद्र व्यवहार भएको संघले आफ्नो ज्ञापन पत्रमा जनाएको छ । ज्ञापन पत्रमा भनिएको छ ।
विद्यालयका प्रध्यानाध्यापक रमेश कुमार कुँवर माथि भएको अभद्र व्यवहारका विषयमा मुद्दा दर्ता भएको ६ दिन पुरा हुदा पनि प्रहरीले कुनै प्रक्रिया अघि नबढाएका कारण शिक्षक संघले ज्ञापन पत्र बुझाएको शिक्षक संघ नवलपरासीका जिल्ला अध्यक्ष भोजराज चापागाईले बताउनु भयो । यस्ता घटनाहरु पटक पटक दोहोरिने साथै आपराधिक क्रियाकलाप बढ्न सक्नेप्रति सचेत गराउर्दै ज्ञापन पत्रमार्फत दोषिलाई अविलम्ब पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाईएको चापागाईले बताउनु भयो ।