sunwal

क्रान्तिकारी माओवादी प्रतापपुर गाउँ कमिटीमा नयाँ नेतृत्व

180

चैत्र–७

मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासी अन्तरगत प्रतापपुर गाउँ कमिटीको भेलाले यम बहादुर गुरुङ्गको नेतृत्वमा नयाँ गाउँ कमिटी निर्वाचित गरेको छ ।
मंगलवार गोपीगंजमा सम्पन्न भेलाले जिल्ला समिति सदस्य समेत रहनुभएका गुरुङ्गलाई गाउँ कमिटीको सेक्रेटरीमा निर्वाचित गरेको हो । उक्त ७ सदस्सीय पालिका कमिटीको सदस्यहरुमा गणेश विश्वकर्मा,दयामान श्रेष्ठ,मदन पोखरेल ,यमनारायण चौधरी र रामअबध राजभरलगायत रहनुभएको छ ।
भेलामा नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले क्रान्तिकारी माओवादी सच्चा कम्युनिष्टहरुको केन्द्र बन्दै गइरहेको बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले क्रान्तिकारीहरुबीचको एकता र धुब्रीकरणको परिस्थिति बन्दै जानुलाई शुभ संकेतको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गाउँपालिका ईञ्चार्ज गुणनीधि पोखरेलले पार्टी संगठन विस्तारका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने औल्याउनुभयो ।
नव निर्वाचित सेक्रेटरी यम बहादुर गुरुङ्गले पार्टीलाई प्रतापपुरको सातै वटा वडामा विस्तार गर्नका लागि आफूले सक्दो पहल लिने र त्यसका लागि पालिकामा रहेका सबै नेता कार्यकर्ताको साथ रहने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अगुवा रामआश्रय कुमालले नव निर्वाचित कमिटीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।