कृष्ण ढकाल
बर्दघाट,फागुन–१५
बिद्यालयहरुले बिद्यार्थीहरुलाई ज्ञान,संस्कार र सिप सिकाउने गरी सिकाई पद्धतीलाई अघि बढाउन बर्दघाट नगरपालिका शिक्षा,युवा तथा खेलकुद विकास शाखा प्रमुख लोकराज पन्थीले बर्दघाट नगरका विद्यालयहरुलाई आग्रह गर्नु भएको छ ।
ग्लोबल एकेडेमि बर्दघाट–१० पञ्चनगरको अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधनगर्दै शाखा प्रमुख पन्थीले उक्त आग्रह गर्नु भएको हो । उहांले ज्ञानलाई सिकाईमा रुपान्त्रीत गर्दै क्रियाकलापमुखि शिक्षा प्रदान गर्न आग्रह गर्नु भएको थियो । बिद्यार्थीहरुलाई घोकाईमुलक भन्दा सिकाई मुलक बनाउदै संस्कारपूर्ण सिकाईमा जोड दिन आग्रह गर्नु भएको थियो ।
ग्लोबल एकेडेमि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि अधिकारीको अध्यक्षता र बर्दघाट नगरपालिका शिक्षा,युवा तथा खेलकुद विकास शाखा प्रमुख लोकराज पन्थीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. ३ का वडाध्यक्ष चन्द्र प्रकाश अधिकारी,शिक्षा,युवा तथा खेलकुद विकास शाखा अधिकृत गोबिन्द शर्मा लगाएतको उपस्थिती रहेको थियो ।
विद्यालय संचालक समितिका सदस्य ईन्द्र ढकालको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन विद्यालयका प्रिन्सिपल मणी शर्माले गर्नु भएको थियो ।