कृष्ण ढकाल
बर्दघाट,फागुन–७
बर्दघाट नगरपालिकाले आफ्नो नगरमा कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा ऐन नै नबनाई कर तथा गैर कर असुली कार्यलाई नगरले तदरुक्ता देखाएको छ ।
गैरकर राजस्व लगाउदा र उठाउदा दिईने सेवा, सहुिलयत र सुविधाको लागत, संचालन र सम्भार खर्चको कुनै आधार नै तय नगरी विना ऐन कर असुलीलाई प्राथामिता दिएको भन्दै बर्दघाट नगरका उद्योगी, ब्यापारी तथा निमार्ण ब्यवसायिहरुले आपत्ति जनाउदै घोरभर्षना गरेका छन् ।
बर्दघाट नगरले संचालन गरेको आफ्नो अफिसियल सामाजिक संजाल ( फेसबुक)मा नगरवासीलाई जानकारीका लागि राखेको ब्यवसाय दर्ता सम्वन्धि सुचनाको तल नै बिभिन्न खालका प्रतिक्रियाहरु आएका छन जस्मा नरेन मगरले आफ्नो पसलमा आगलागी हुदां नगरले वास्ता नगरेको गुनासो गर्नु भएको छ । त्यत्तिमात्र हैन उहाँले आफुजस्ता नगरका ब्यवसायिहरुको हक र हितमा अहिले सम्म कुनै पनि योजना नलिएको बरु उल्लटै नगरका ब्यवसायीहरुलाई विस्थापित गर्ने खालको कार्य गरेको गुनासो गर्नु भएको छ ।
त्यसैमा ज्ञान प्रसाद न्यौपाने ले भन्नु भएको छ । बर्दघाट नगर नगरलाई तिर्ने कर कुन प्रकृतिको हो ? कर त तिरछौं तर कर मात्र लिने की खुल्ला सिमानावाट हुने तस्करीलाई रोकेर नगरका ब्यापारीलाई पनि बचाउने ? उहाँ को नगर प्रति प्रश्न रहेको छ । बर्दघाट नगरका छोटे राजालाई पाल्न नगरवासीहरुवाट चौतर्फी कर असुली गरीएको उहांको भनाई रहेको छ ।
नगरवासीहरुलाई नै थाहा नहुने गरी राजश्व संकलन कार्यलाई बर्दघाट नगरले तिव्रता दिन थालेपछि बर्दघाट नगरमा ब्यवसाय संचालन गर्नु भएका युवा ब्यवसायि केदार चौधरीले आफ्नो सामाजिक संजाल (फेसबुक) मा बर्दघाट नगरपालिकाले नगरका ब्यवसायिहरुवाट कर लिने तर नगर भन्दा वाहिर गएर विभिन्न वाहानामा नगरमा चाहिने सामानहरु खरीद गर्ने गरेको गुनासो गरी रहदा बर्दघाट नगरलाई गाली गर्नेहरुको ओईरो नै लागेको छ ।
त्यहाँ बर्दघाट नगरका जनप्रतिनिधि र कर्मचारीहरुले कमीसनको खेलमा काम गर्ने गरेको आरोप समेत लगाएका छन् । बर्दघाट–१२ का निमार्ण ब्यवसायि सुरज पाण्डेले करका कारण ब्यवसायमा उठीसा नै हुने प्रतिकृया दिनु भएको छ भने बर्दघाट–४ का उद्योगी सोम न्यौपानेले कमीसनका लागि नगरवाहिरवाट सामान खरीद गर्ने गरेको प्रतिक्रिया दिनु भएको छ । त्यस्तै बर्दघाट–९ का ब्ययवसायी ईन्द्रजीत चौधरीले पनि बर्दघाट नगरका कर्मचारीहरुले कमिसन कै खेलमा लाग्ने गरेको प्रतिकृया दिनु भएको छ ।
नगरक्ष्ँेत्रका ब्यवसायिहरुवाट कारोवारगर्दा कमीसन नआउने र कमीसन खाएको सुचना लिगहुने भएका कारण आफुहरुसंग कुनै सामानहरु खरीद नगर्ने गरेको बर्दघाटका एक ब्यापारीले नाम नभन्ने शर्तमा बताएका छन् । उनी भन्छन बर्दघाट नगरमा काम गर्ने रुपन्देहीका कर्मचारीहरु सबै भन्दा बढी कमीसनको खेलमा रहने गरेको आफुले रुपन्देहीकै ब्यापारी साथीवाट थाहा पाएको बताउछन् । त्यति मात्रहैन कर्मचारीहरुले जनप्रतिनिधिहरुलाई समेत थाहानै नदिई ब्यपारीसंग मिलेर टेन्टरमा हुने कामलाई समेत बिभिन्न वाहाना मिलाएर कोटेसनमा काम गर्ने र कमीसन बाँडने गरेको आफुलाई थाहा भएर पनि आफ्नो ब्यवसायमा असर पर्ने कारण आफु चुपलागेको उहांको भनाई हरेको छ ।
केन्द्रले गाविस हुदाँ बनाएको कानुन अनुसार कर तथा गैर कर राजस्व लिन्छौं ः नगर उप–प्रमुख
यता बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले बर्दघाट नगरमा कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा ऐन नभएको स्विकार गर्दै अहिले सम्म केन्द्रले गाविस हुदाँ बनाएको कानुन अनुसार नै नगरले कर तथा गैर कर राजस्व लगाउने र उठाउने गरेको बताउनु भएको छ ।
नगरले नगरवासीहरुलाई कर तथा राजश्वको दायरालाई फरकिलो, ब्यवस्थित र पारदर्शी बनाउने र आन्तरिक आयको हिसावले आत्मनिर्भर बनाउन बारेमा सचेत गराउन नसके कै कारण नगरका उद्योगी ब्यवसायिहरु कर भन्दा वित्तिकै आक्रोशित हुनु स्वभाविक रहेको भन्दै अब नगरले नगरवासीहरुलाई कर र त्यसको फाईदा तथा बेफाईदाका बारेमा जानकारी दिने र नगर सच्चिेनी स्थानमा आफु पनि सच्चिएर अघि बढ्ने बताउनु भएको छ ।
आफुहरु निर्वाचीत भएर आएसंगै करको दायरा बढाएर लाने लक्ष्य अनुसार यस आर्थिक बर्षमा अटो तथा रिक्सा र नेट तथा केबुल तारहरु सम्बद्ध ब्यवसायलाई पनि करको दायरामा ल्याउन सफल भएको उहांको भनाई रहेको छ । यस आर्थिक बर्षमा ५ करोड ६० लाख राजवश्व संकल गर्ने लक्ष्य लिएकोमा गत माघ मसान्त सम्म ४६ प्रतिशत बढी राजश्व संकल गरीएको उहांको भनाई रहेको छ ।
बर्दघाट नगरको कर सबैभन्दा बढी छ ः कर तथा राजश्व विज्ञ वि.के.महर्जन
कर तथा राजश्व विज्ञ शहरी योजना तथा विकास मन्त्रालयका वि.के.महर्जनले बर्दघाट नगरको कर अन्य पालिकाहरुको तुलनामा सबैभन्दा बढी रहेको बताउनु भएको छ । बर्दघाट नगरले ऐन विना नै नगरवासीवाट कर असुली गर्दा बर्दघाट नगर भोलीका दिनमा ठूलो बिवाद र समस्यामा पर्ने संभावना रहेको भन्दै तत्काल कर तथा राजश्व संकलन तथा ब्यवस्थापन कार्यविधि बनाउन जरुरी रहेको बताउनु भएको छ ।
यसरी बिना ऐन कर असुली गर्दा बर्दघाट नगरको आर्थिक सवलीकरणमा नकरात्मक असर पर्न जाने उहांको भनाई रहेको छ । अब बर्दघाट नगरपालिकाले गैरकर राजश्व भन्दा कर राजश्व संकलनमा बढी जोडदिएर अघि बढेमा पालिकाकोे आयस्रोत दिर्गकालिन र प्रभावकारी हुने र आय स्रोत बढ्ने बित्तीकै विकासको प्रभावकारीता बढेर जाने कर तथा राजश्व विज्ञ वि.के.महर्जनको भनाई रहेको छ ।