sunwal

बर्दघाट नगरद्धारा राजश्व प्रशासन सबलीकरण सम्बन्धि छलफल कार्यक्रम सम्पन्न् ।

102

कृष्ण ढकाल
बर्दघाट,फागुन–३

कर तथा राजश्व संलन तथा ब्यवस्थापनको हिसावले बर्दघाट नगरपालिकालाई कसरी सक्षम र सुदृढ बनाउ सकिन्छ भन्ने उद्धेश्यले आज बर्दघाट नगरपालिकाले राजश्व प्रशासन सबलीकरण सम्बन्धि छलफल कार्यक्रम सम्पन्न् गरेको छ ।

बर्दघाट नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी, उद्योगी तथा ब्यवसायीहरु र पत्रकारहरुको सहभागिता रहेको उक्त राजश्व प्रशासन सबलीकरण सम्बन्धि छलफल कार्यक्रममा कर तथा राजश्व विज्ञ शहरी योजना तथा विकास मन्त्रालयका वि.के.महर्जनले सहजीकरण गर्नु भएको थियो ।

कर तथा राजश्वको दायरालाई फरकिलो, ब्यवस्थित र पारदर्शी बनाउदै बर्दघाट नगरको आन्तरिक आयको हिसावले आत्मनिर्भर बनाउन बर्दघाट नगरले सबैभन्दा पहिले कर तथा राजश्व संकलन तथा ब्यवस्थापन कार्यविधि बनाउन जरुरी रहेको कर तथा राजश्व विज्ञ महर्जनले जानकारी गराउनु भएको थियो ।

विषेशगरी कर राजश्व र गैरकर राजश्वको भिन्नतासंगै त्यसको प्रभावकारीताका वारेमा जानकारी दिदै स्थानिय सरकार गैरकर राजश्व भन्दा कर राजश्व संकलनमा बढी जोडदिएर अघि बढेमा स्थानिय सरकारको आयस्रोत दिर्गकालिन र प्रभावकारी हुने बताउनु भएको थियो । यसरी आय स्रोत बढबित्तीकै विकासको प्रभावकारीता बढेर जाने उहांको तर्क रहेको थियो ।

अहिले नेपालका धेरैजसो स्थानिय तहहरु प्रदेश र संघको मुख ताकेर बस्ने आफ्नो पालिकाको आयस्रोत बढाउने तर्फ नलाग्ने गरैकै कारण विकासमा समस्या भएको उहांको तर्क रहेको थियो । त्यसैगरी स्थानिय सरकारहरुले आयस्रोत अर्थात कर तथा राजश्व संकलनमा तल्लो तहको कर्मचारीलाई खटाउने र खर्च गर्ने तहमा माथिल्लो तहको कर्मचारी खटाउने जस्तो उल्टो ब्यवस्था गरेकै कारण पनि कर तथा राजश्व संकलनमा कमी आउने गरेको अनुभव सुनाउनु भएको थियो ।

बर्दघाट नगरपालिकालाई आर्थिक रुपले आत्मनिर्भर बनाउन एकिकृत सम्पति कर, भूमिकर , घर बहाल कर, घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, घर नक्सा पास दस्तुर, सेवाशुल्क तथा दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, ब्यवशाय कर, मनोरञ्जन कर लगाएतका करहरुलाई कम शुल्क लिएर बढी फराकिलो गर्दै अघि बढ्ेमा प्रभावकारी हुने भन्दै अहिले नगरले लिनेगरेको कर बढी महङ्गो भएको बताउनु भएको थियो ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले कार्यक्रमको वारेमा जानकारी गाउनु भएको थियो भने कार्यक्रमको संचालन कृष्ण थापाले गर्नु भएको थियो ।