चिरन न्यौपाने
बर्दघाट,फागुन १
जिल्लाका विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरु आयोजना गरी २८ आँै जनयुद्ध दिवस मनाइएको छ ।
आज प्रतापुर गाउँपालिका वडा नम्बर १ गोपिगंजमा नेकपा माओवादी केन्द्र र नेकपा क्रान्तिकारी माओवादीले संयुक्त रुपमा कार्यक्रम आयोजना गरी मैनबत्ति प्रज्वलन तथा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र सुस्ता गाउँ कमिटिले सुस्ता गाउँपालिका वडा नम्बर ३ मा सुभकामना आदानप्रदान तथा सहिद परिवार सम्मान कार्यक्रम आयोजना गरेर जनयुद्ध दिवस मनाएको थियो ।
प्रतापुर वडा नम्बर १ गोपिगंजमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य राजु हरिजनले माओवादी केन्द्रले सञ्चालन गरेको जनयुद्धले नै उत्पिडित जाति, वर्ग, क्षेत्र, समुदायको अधिकार सुनिश्चित गरेको बताउनुभयो ।
त्यस्तै नेकपा क्रान्तिकारी माओवादीका नवलपरासी (बसुप) इन्चार्ज क्षेत्रबहादुर थापाले १० वर्षे जनयुद्ध सञ्चालन गरेको माओवादी पार्टि हाल विभाजित अवस् हाल विभाजित अवस्थामा पुगेकाले कमजोर देखिन पुगेको बताउनुभएको थियो । पार्टिका वैचारिक समस्या उत्पन्न भएपछि नेतृत्व विभक्त भएको थापाको भनाई रहेको थियो । उहाँले पुँजीबादी दलालहरुबाट खतरा उत्पन्न भएको भन्दै एकजुट हुन आवश्यक रहेको बताउनुभएको थियो ।
त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट बर्दघाट नगर उप–प्रमुख निर्वाचित हुनुभएका रुद्रप्रकाश उपाध्यायले नेपाल सरकारले जनयुद्ध दिवसलाई औपचारिक दिवसको रुपमा मान्यता दिएर त्यस आन्दोलनमा जोडिएकाहरु गौरावन्वित हुने वातावरण सिर्जना भएको बताउनुभएको थियो ।
अन्य दलका कार्यकर्ता तथा नेपाली जनताहरुले समेत गणतन्त्र स्थापनाको निमित्त ठूलो भुमिका निर्वाह गरेको उपाध्यायको भनाई रहेको थियो ।
उपाध्यायले आफूहरुले नगरपालिकाको पहिलो वैठकबाट नै सहिद तथा बेपत्ता परिवारलाई मासिक २ हजार रुपैयाँ रकम उपलब्ध गराउने व्यवस्था गरेको बताउनुभएको थियो । उहाँले जनयुद्धका बेपत्ता नागरिकहरुको अवस्था जतिशक्दो चाँडो सार्वजनिक गर्नको लागि नेपाल सरकारलाई अनुरोध गर्नुभएको थियो ।