रामु भुसाल
बर्दघाट,माघ २८
स्वच्छ स्वास्थ्य , साक्षर सुन्दर हराभरा बर्दघाट बजार भन्ने मुल नारा सहित बर्दघाट बजार बिकास समिति को आयोजना र बर्दघाट नगरपालिकाको सहयोगमा फोहोर बर्गिकरण अभिमुखीकरण कार्यक्रम शनिबार बर्दघाटमा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष तारा प्रसाद गौतमको अध्इक्षता तथा बर्दघाट नगरपालिकाका नगर उप प्रमुख रुद्र प्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानियले आफ्नो घरबाट निस्कने सबैखाले फोहार एकैठाउँमा मिसाउँदा ब्यबसथापनमा समस्या आउने हुदा फोहोरको दिर्घकालिन ब्यबसथापनका लागि फोहोर बर्गिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजिकरण ग्रामिण स्वावलम्बन बिकास केन्द्र का मनोज न्यौपानेले गर्नुभएको थियो ।
बर्दघाट नगरपालिकाले गत माघ १ गतेदेखी फोहोर बर्गिकरण गरेर संकलन गर्न सुरु गर्दै आएको छ। नगरपालिका पूर्ण सरसफाई अभियानमा रहेको र फोहोरको उचित ब्यबस्थापनका लागि अग्रसर रहेकोले फोहार उत्पादन हुने क्षेत्रबाटै बर्गिकरण गर्न सुरु गरेको हो । फोहोरको उचित ब्यबसथापन हुन नसके यसले नगरलाई कुरुप बनाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएकोले फोहोर ब्यबसथापनमा नगरपालिका गम्भिर भएर काम गरिरहेको उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनुभयो ।
बर्दघाट नगरपालिकामा हाल बर्दघाट बजार विकास समिति, पञ्चनगर बजार ब्यबस्थापन समिति, जिमिरेभार बजार ब्यबसथापन समिति र सुर्यज्योती यूवाक्लवले फोहोर ब्यबसथापनको काम गर्दै आईरहेका छन् ।नगरपालिकाले बर्गिकरण गरेर फोहोर संकलन गर्न सुरु गरेसंगै कुहिने पोहोरका लागि र नकुहिने फोहारका लागि छुट्टाछुट्टै गाडि फोहोर संकलनका लागि घर घरमा पुग्ने गरेको छ । कार्यक्रममा बर्दघाट वार्ड नंं ४ का जन प्रतिनिधि , टोल विकास संस्थाका , आमा समुहका, विभिन्न संघ संस्थाका प्रतिनिधि , समितिका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
बर्दघाट बजार विकास समितिका उपाध्यक्ष खेमराज सापकोटाको स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन सचिव गोकर्ण शर्माले गर्नु भएको थियो ।