sunwal

क्षेत्री समाज नेपाल पश्चिम नवलरासीद्धारा पालिकाहरुमा ज्ञापनपत्र

53

रामु भुसाल
बर्दघाट,माघ–२६
क्षेत्री समाज नेपाल जिल्ला कार्य समिति पश्चिम नवलरासीले विभिन्न माग राखि जिल्लाका सात वटै पालिकाहरुमा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत समाजले बिहीवार बर्दघाट ,रामग्राम,सरावल र पाल्हिनन्दन मा पालिका प्रमुख हरु लाई ज्ञापनपत्र बुझाएको छ।
पालिकाका प्रमुख, उपप्रमुख र नगरका प्रमुख प्रशासकिय अधिकृत सहितको टोलीलाई ज्ञापनपत्र बुझाएको छ । समाजका जिल्ला अध्यक्ष मनोज कुमार कार्की र जिल्ला सचिव यम बहादुर खत्री द्धरा सयूक्त रुपमा हस्ताक्षरित ज्ञापनपत्रमा सामुदायिक स्कुलहरुको शिक्षा पद्धतीमा सुधार, विद्यालयको सुदृढिकरण, शिक्षामा समानता र कम खर्च होस साथै जेहेन्दार विद्यार्थीहरुले अवसर पाउनुपर्ने माग गरेको छ । साथै यस जिल्लामा कार्यरत शिक्षकहरु, सरकारी कर्मचारीहरु, जनप्रतिनिधिहरुका बच्चाहरु आफ्नो नजिकको सरकारी विद्यालयमा पढाउने र शिक्षकहरुलाई आ आफ्नो पालिका भित्र सरुवा, बढ्वा गरि शिक्षामा गुणस्तरियता कायम गर्न माग गरेको छ ।

बर्दघाट नगरपालिकामा ज्ञापनपत्र बुझ्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरमा शिक्षामा सुधार ल्याउन नगरले विभिन्न योजनाहरु अघि सारेको र शिक्षा ऐन संग नबाझिने गरि समाजले अघि सारेको मागलाई सम्बोधन गर्न तयार रहेको र यस विषयमा सरोकारवाला संग निरन्तर छलफल, अन्र्तकृया र समन्वय भइरहेको बताउनभयो । श्रेष्ठले नगरमा शिक्षा लगाएत विविध विषयमा सरोकारवालाले राखेको चासो उचित भएको र यस तर्फ नगरपालिकाको पनि ध्यानाकर्षण भएको र सो विषयलाई जातिय संगठन लगाएत हरेक वर्गले चासो देखाउनुभएकोमा धन्यबाद दिदै आगामी दिनमा समेत नगरका हरेक पाटोमा सहयोगीको भुमिका खेलिदिन समेत आग्रह गर्नुभयो । कार्यक्रममा समाजका जिल्ला, नगर कमिटीका कार्य समिति, पत्रकार, नगर शिक्षा शाखाका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

समाजले पालिकाहरुमा देखा परेको विभिन्न समस्याहरुलाई पहिचान गरि जिल्लाका सात वटै पालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समाजका जिल्ला अध्यक्ष मनोज कुमार कार्कीले जानकारी दिनुभएको छ