sunwal

कुहिने र नकुहिने फोहोर स्रोतमै बर्गीकरण गर्ने तयारीमा बर्दघाट नगरपालिका

59

रवि पाण्डेय

बर्दघाट,पौष–२१
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले माघ १ गतेबाट स्रोतमै फोहोर बर्गीकरण गर्ने तयारी गरेको छ । पालिकाले बिहीवार सरोकारवालाबीच एक अन्तरक्रिया गरेर ३० बुदें कार्ययोजना समेत बनाउदै माघ १ गतेबाट स्रोतमै फोहोर बर्गीकरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठले सबै सरोकारवालाहरले साथ पाए फोहोरलाई मोहर बनाउन सकिने औल्याउनुभयो ।

उहाँले नगरप्रमुख श्रेष्ठले सरसफाईयुक्त नगर निर्माणको निम्ति आफूहरु लागि परेको दावी गर्नुभयो । नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नागरिकहरुले यस अभियानलाई लागू गर्नको लागि मनदेखि नै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले फोहोर ब्यवस्थापन सम्बन्धि कार्ययोजना सहित सहजीकरण गर्नुभयो ।

कार्यक्रममा पारिजात सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चुडामणी भण्डारी, बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष दीपक लम्साल लगायत बर्दघाट उद्योग वाणिज्य संघ, बर्दघाट नगरभित्रका बजार विकास समितिहरु तथा बर्दघाट नगरपालिका वडा नम्बर ४ का टोल विकास समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कृष्ण थापाले गर्नुभएको थियो ।

बर्दघाट नगरपालिकाद्धारा न्यानो कपडा र दाउरा वितरण

बर्दघाट नगरस्तरीय विपद् ब्यवस्थापन समितिले अतिविपन्नलाई आगो ताप्ने प्रबन्ध र न्यानो कपडा बितरण गरेको छ । नगरले पुनः प्रयोग गर्न मिल्ने न्यानो कपडा संकलन गरेर दिन लागेको भन्दै आलोचना भएपनि विपन्न परिवारहरुलाई कपडा वितरण गरेको छ ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरले कपडा बितरणको काम भइरहेको बताउदै विपन्न जनतालाई न्यानो कपडा दिदाँ अफवाह फैलाइएको तर्क गर्नुभयो ।  समितिको सोमवार बसेको बैठकले जाडो तथा शितलहरबाट अतिबिपन्न नगरवासीलाई वितरण गर्नका लागि पुनः प्रयोग गर्न सकिने कपडा संकलन गर्ने र दाउराको प्रबन्ध गर्ने निर्णय गरेको थियो ।
आर्थिक विकास समितिका संयोजक समेत रहनुभएका वडा नं ८ का वडाध्यक्ष कविराज आचार्यले ब्यवसायी एंव नगरवासीहरुले दिएको कपडा विहीवार वडा नम्बर ८ र ११ को बस्तीमा बितरण भएको जानकारी गराउनुभयो । उहाँले ज्याकेट , सर्ट , पाइन्ट, टिर्सट , स्विटर र उनीको टोपी महिला बालबालिका देखि जेष्ठ नागरिकहरुलाई समेत बितरण गरिएको बताउनुभयो ।

त्यस्तै विपन्नलाई आगो ताप्ने दाउरा वितरण गर्ने कार्य समेत भइरहेको नगरपालिका अन्तरगत गठित बन तथा बातावरण समितिका संयोजक रहेका वडा नम्बर १३ का वडाध्यक्ष नरबहादुर चौधरीले जानकारी गराउनुभयो । जनप्रतिनिधि र नगर प्रहरीले दाउरा वितरण कार्य गर्दै आएको चौधरीले बताउनुभयो ।