कृष्ण ढकाल
बर्दघाट,पौष–१६
आपत विपतमा परेकाहरुको सेवामा समर्पित भएर निश्पक्ष तरीकाले अघिबढ्न बर्दघाट नगर प्रमुख शमभुलाल श्रेष्ठले सम्पुर्ण रेडक्रशकर्मीहरुलाई आग्रह गर्नु भएको छ । आज नेपाल रेडक्रश सोसाईटी उपशाखा बर्दघाटको १२ औं वार्षिक साधारण सभाको समुद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।
नगरपालिकाबाट नेपाल रेडक्रश सोसाईटी उपशाखा बर्दघाटलाई सक्ने र मिल्ने जती सहयोग भैरहेको र आगामि दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । नगर प्रमुख श्रेष्ठले रेडक्रशको भवनलाई नगरपालिकाले पाँच बर्ष सम्म लिजमा लिएर नगरवासी किसानहरुको उत्पादन खरीद बिक्रि गर्ने केन्द्रका रुपमा विकास गर्ने योजनालाई छिट्टै संचालनमा ल्याउने समेत बताउनु भएको थियो ।
त्यसैगरी नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले नगरका अन्य सामाजिक संघ संस्था भन्दा रेडक्रश फर प्रकृतिको संस्था भएकाले यसले गर्ने कार्य र यसको प्रभावकारीता संवेदनशिलतासंग जोडीने भएकाले सोही अनुरुप संस्थाको मर्मअनुसार अघि बढ्न आग्रह गर्नु भएको थियो ।
नेपाल रेडक्रश सोसाईटी उपशाखा बर्दघाटका सभापति नारायण अधिकारीको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. १६ का वडाध्यक्ष भिमकाजी गुरुङ्ग लगाएत विभिन्न संघ–संसथाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा संस्थाका सभापति नारायण अधिकारीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत् गर्नु भएको थियो भने कोषाध्यक्ष टिकाराम भण्डारीले आ.ब.२०७८÷०७९ को १८ लाख ८० हजार१ सय ६३ रुपैया बराबरको आय ब्यय विवरण प्रस्तुत् गर्नु भएको थियो । त्यसैगरी कोषाध्यक्ष भण्डारीले प्रस्तुत् गर्नु भएको आर्थिक विवरण अनुसार यस आ.ब. २०७९÷०८०को साउन १ गते देखि मंसिर मसान्त सम्म १४ लाख ६७ हजार ५ सय ९२ रुपैया बराबरको आर्थिक कारोवार भएको छ ।
संस्थाकी उपाध्यक्ष देवि पौडेलको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन सचिव दिर्घप्रसाद घिमिरेले गर्नु भएको थियो ।