Holi asnjal makar GURU

ग्रामीण साकोस बर्दघाटको क्षेत्रगत २९ औँ साधारणसभा मंगलबार देखी शुरु

71

रामु भुषाल
बर्दघाट,असोज–२६
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट ७ पश्चिम नवलपरासीको क्षेत्रगत २९ औँ साधारणसभा अन्तर्गत आज मंगलबार उदय र मिर्मिरे सेवा केन्द्रको बार्षिक साधारण सभा बर्दघाट १३ धनेवामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षता तथा बर्दघाट नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष उमाशंकर चौधरीको प्रमुख आतिथ्यमा एवं संस्थाका सल्लाहकार नेफ्स्कुन फिल्ड कार्यालय बुटवलका सदस्य रविन्द्र बिक्रम हमालको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले यस सहकारी नेपालकै उत्कृष्ट सहकारी मध्य पर्न सफल भएकोमा धन्यबाद ज्ञापन गर्दै सहकार्य बाट नै सहकारी संचालन हुने र शेयर सदस्यको ईमान्दारिता बाट सहकारी उत्कृष्ट हुने बताउनुभयो ।

चौधरीले यस सहकारीले महिलाहरुलाई स्वावलम्बन बनाउन कार्यक्रमहरु ल्याएमा अझ उत्कृष्ट हुने कुरामाथि जोड समेत दिनुभयो । सोही कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा बोल्दै हमालले शेयर सदस्यहरुको सहयोग र उत्कृष्ट नेतृत्वको कारणले सहकारी संस्था उत्कृष्ट बन्न सफल भएको बताउनुभयो ।

उहाँले प्रोब्सेन ब्राण्ड र एनएस ब्राण्ड पाउन सफल भएको भन्दै यस सहकारीलाई अझै उचाईमा पु्र्याउन जोड दिनुभयो । सभामा सस्थाको गत बर्षको आर्थिक २०७८, ०७९ को प्रगति विवरण तथा आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सस्थाकी सचिव राधा ढकालले प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष मुरली कृष्ण खनालले संस्थाको कुल ८१ करोड बराबरको आय व्यय बिबरण प्रस्तुत गर्दै संस्थाको ६२ करोड ९३ लाख ७ हजार एक सय ३९ रुपैया ऋण लगानी, ८ करोड ९ लाख २० हजार ८ सय शेयर पुजी र ६० करोड ५७ लाख ५० हजार बचत संकलन गरि सस्थाले १ लकरोड ७८ लाख ७१ ह्जार ८ सय ७२ रुपिया शुद्ध नाफा गर्न सफल भएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै लेखा तथा सुपरिवेच्छण समितिको प्रतिबेदन c समयोजक बोध प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा सस्थाका पुर्व अध्यक्ष बसन्त कुमार रेग्ी, वडा नम्बर १३ का वडा सदस्य रेशमराज पाण्डे, शेयर सदस्यहरु विनोद चौधरी, लक्ष्मी पराजुली लगाएतले मनतव्य राख्नु भएको थियो ।
नवलपरासी जिल्ला कार्य क्षेत्र रही बर्दघाट ७ मा केन्द्रिय कार्यालय रहेको यस ग्रामीण साकोसमा ५ हजार ८ सय ७२ महिला र ४ हजार २ सय ६२ पुरुष गरि कुल १० हजार १ सय ४२ जना शेयर सदस्य र सस्थागत ८ एवं १ हजार ९ सय २१ बाल सदस्य रहेका छन । संस्थाले चार वर्षे रणनीति बनाई २५ हजार शेयर सदस्य बनाउने रणनीति लिएको र सोही अनुरुप कार्यक्रम अगाडी बढाएको छ ।
संस्थाले बर्दघाट नगरपलिकामा ४ सेवा केन्द्र खोलेको छ जसअन्र्तगत बर्दघाट ४ मा बर्दघाट सेवा केन्द्र, बर्दघाट १६ मा दाउन्नेदेवी, बर्दघाट १३ मा जहदा र बर्दघाट ९ मा भुताहा सेवा केन्द्र बाट सेवा दिईरहेको संस्थाका व्यवस्थापक अन्नत पाण्डेले बताउनु भयो । सस्थाका सञ्चालक समिति सदस्य कमला कण्डेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव राधा ढकालले गर्नुभएको थियो ।
सस्थाले प्रत्येक सेवा केन्द्रमा क्षेत्रगत साधारण सभा गर्दै यही असोज ३० गते सस्थाको केन्द्रिय कार्यालयमा २९ औँ साधारण सभा सम्पन्न गर्ने सस्थाका सहसचिव देवीदत्त सापकोटाले जानकारी दिनुभएको छ ।