Sarawal sit lahar Notis

जनस्वास्थ्य अधिकृत हुम प्रसाद पाण्डेलाई बर्दघाट नगरपालिकाले बिदाई गर्यो ।

109

कृष्ण ढकाल
बर्दघाट,भदौं–७
बर्दघाट  नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य अधिकृत हुम प्रसाद पाण्डेको आज एक कार्यक्रमका बिच बिदाई गरीएको छ । निजामति सेवाका कार्यरत पाण्डे ६० बर्ष पुगेसंगै सेवानिवृत्त हुनुभएको हो ।

पछिल्लो समय करिव ढाईबर्ष देखि बर्दघाट नगरपालिकामा रहेर कामगर्दै आउनु भएका पाण्डेलाई आज नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको थियो ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको विदाई कार्यक्रममा नग उप–प्रमुख रुद्र प्रसाद उपाध्याय,प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा,स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवाली लगाएतले जनस्वास्थ्य अधिकृत हुम प्रसाद पाण्डेको सेवानिवृत्त जिवन शुखमय होस भनि कामना गर्नु भएको थियो ।

कृष्णहरि पौडेलको संचालनमा सम्पन्न् विदाई कार्यक्रममा नगरपालिकाका कर्मचारी तथा स्वास्थ्य कार्यक्रममा सहभागि रहेका नगरका स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।