कृष्ण ढकाल
बर्दघाट,साउन–१४
बर्दघाट नगरपालिका वडा नम्वर ४ मा रहेको न्यु लाइफ मावि,बर्दघाटले आफ्नो विद्यालयमा अध्ययन गर्ने छात्रा शिक्षा कंडेल SEE २०७८ को नतिजामा नवलपरासी जिल्लामा नै सर्वाेकृष्ट भएको दावि गरेको छ ।
शैक्षिक सत्र २०७८ को SEE परीक्षामा कंडेलले ३.९५ जि.पि.ए प्राप्त गरी जिल्लाकै प्रथम स्थान प्राप्त गर्न सफलको दावि गरेको हो । त्यसैगरी न्यू लाईफ माबिकै रक्षा घर्ति मगरले ३.९० जि.पि.ए ल्याएर जिल्ला द्धितिय र दिक्षा न्यौपानेले ३.८५ जि.पि.ए ल्याएर तृतिय भएको न्यु लाइफ मावि,बर्दघाटका प्रिन्सीपल सन्तोष अधिकारीले बताउनु भएको छ ।
पश्चिम नवलपरासी जिल्लामा ३.६५ देखि ३.९५ GPA ल्याउने ९३ जना रहेको शिक्षा विकास तथा समन्वय ईकाइ नवलपरासीले जनाएको छ । जस्मा प्रथम,द्धितिय र तृतिय सहित १२ जनाले ३.९५ ल्याउन सफल भएको न्यु लाइफ मावि,बर्दघाटका प्रिन्सीपल सन्तोष अधिकारीले बताउनु भएको छ ।
नवलपरासी जिल्लाको शैक्षिक क्षेत्रमा आफुलाई अब्बल पहिचान बनाउदै आएको न्युलाईफ सेकेन्डरी स्कूल तथा कलेज बर्दघाटले कानुन,म्याजेनमेन्ट,कम्प्युटर साईस,ईलेमेन्ट अफ फाईनाईन्स,होटेल म्यानेज मेन्ट र विजनेश स्टडिजका बिषयमा अध्ययन गराउदै आएको छ ।
कक्षा १२ मा म्यानेजमेन्ट र कानुन बिषयमा नेपाली तथा अंग्रेजी माध्याामको दुबै विषय पनि पढाईहुने गरेको छ ।