sunwal

बर्दघाट जेसीजको सचिवालय समुद्घाटन तथा निःशुल्क सेनेटरी प्याड वितरण ।

54

कृष्ण ढकाल
बर्दघाट,साउन–१०

विभिन्न सामाजिक कार्यक्रम तथा तालिम सेमीनार र गोष्ठीहरु संचालन गरेर छोटो समयमा नेपालमै निक्कै चर्चामा आउन सफल बर्दघाट जेसीजले मंगलवार बर्दघाट–४ बाढिपिडितको मुसहर वस्तीका महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गरेको छ ।

निम्न आएभएका मुसहर बस्तीका किशोरी तथा महिलाहरुलाई महिनावारी भएका बेला प्रयोग गरीने प्याडका बारेमा जानकारी सहित प्याड वितरण गरिएको बर्दघाट जेसीजका अध्यक्ष दिनेश न्यौपानेले बताउनुभयो ।

व्यक्तित्वको विकासब गरी परिवार, समाज र राष्ट्रलाई नेतृत्व दिन तथा असल र सक्षम नागरिक उत्पादन गर्न बर्दघाट जेसीज सक्षम रहेको महशुस गरी बर्ष २०२० मा नेपाल जेसीजबाट पूर्ण रुपमा मान्यता पाएको बर्दघाट जेसीजले मंगलवार नै जेसीजको सचिवालय स्थापना गरी समुद्घाटन गरेको छ ।

सचिवालय समुद्घाटन नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरीले गुर्न भएको थियो । सो अवसरमा बोल्दै उपाध्यक्ष अग्रहरीले बर्दघाट जेसीजले आफ्ना गतिविधिहरुलाई थप प्रभावकारी बनाउदै लैजानका लागि सचिवालयवाट निक्कै सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भएके थियो ।

उहांले व्यक्तित्वको विकास गरी परिवार, समाज र राष्ट्रलाई नेतृत्व दिन एक असल तथा सक्षम नागरिक उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको बर्दघाट जेसीजको आगामी यात्रा अझै तिव्रगतिमा अघि बढोस् भन्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।

बर्दघाट जेसीजका संस्थापक अध्यक्ष राजु न्यौपानेले बर्दघाट जेसीजको शाखा स्थापनाका लागि गरेका संघर्षको उपलब्धि सहिसदुपयोग भएको भन्दै खुशि ब्यक्त गर्नुभएको थियो । भने बर्ष २०२१ का अध्यक्ष गणेश न्यौपानेले बर्दघाट जेसीजलाई छोटो समयमै राष्ट्रिय स्तरमा परिचित गराउनका लागि सबैको साथ र सहयोग रहेको धारणा राख्नु भएको थियो ।

बर्दघाट जेसीजका अध्यक्ष दिनेश न्यौपानेको अध्यक्षता बरिष्ठ उपाध्यक्ष सुधा ज्ञवालीको स्वागत र महासचिव गणेश पाण्डे (सिसम)को संचालनमा कार्यक्रम सम्पन्न् भएको थियो ।