Holi care school

लायन्स क्लवअफ नवलपरासी बर्दघाटको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न् ।

30

कृष्ण ढकाल
बर्दघाट,असार–२३
लायन्स क्लव अफ नवलपरासी बर्दघाटको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम आज होटल रोयलमा सम्पन्न् भएको छ । बर्ष २०२१ की अध्यक्ष कमला शर्मा बस्यालले वर्ष २०२२ की अध्यक्ष शिव कुमारी भट्टराईलाई पद हस्तान्त्रण गर्नु भएको छ ।

पद हस्तान्तरण संगै आफ्नो कार्यकालमा आयोजना गरीएको स्त्री रोग सम्वन्धि स्वास्थ्य शिविरमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान समेत गरीएको थियो । लायन्स क्लव अफ नवलपरासी बर्दघाटले गत २०७८ फागुन २४ गते देवदह मेडिकल कलेजसंगको सहकार्यमा एक दिने स्त्री रोग सम्वन्धि स्वास्थ्य शिविर सम्पन्न् गरेको थियो ।

लायन्स क्लवका डिष्टिक ३३२ पि. गभर्नर नवराज न्यौपानेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सेकेन्ड भ्वाईस डिष्ट्रिक ३३२ पि. गभर्नर पुरुषोत्तम प्रद्यानाङ्ग,डिष्ट्रिक कोएडभाईजर श्याम बस्याल,क्याविनेट सचिव सन्दीप कशौधन,डिष्ट्रिक डेपुटी चिप्स युवराज डुम्रे,एरिया चिप्स एम एल पाण्डे लायन्स क्लव नवलपरासी गोपिगञ्जका संस्थापक अध्यक्ष गणेश पोखरेल लगाएतको उपस्थिती रहेको थियो ।