sunwal

सुरक्षित बैदेशिक रोजगारी सम्बन्धि अन्तरक्रिया सम्पन्न्

150

गौरीशंकर जयसवाल

परासी १६ असार
पश्चिम नवलपरासीमा जिल्ला तहमा पत्रकारहरुसंगको बैदेशिक रोजगारी सम्बन्धि अन्तरक्रिया कार्यक्रममा आज परासीमा सम्पन्न भएको छ ।

ईन्द्रणी समाजिक बिकास मञ्च नवलवरासीद्धरा संचालित सुरक्षित आप्रवासन( सामी) परियोजनाको आयोजनामा जिल्ला रहेका क्रियाशिल पत्रकारहरुबिच सुरक्षित बैदेशिक रोजगारी सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेकोे हो ।

कार्यक्रममा नेपालमा ४ लाख ५० हजार बैदेशिक रोजगार जाने र नेपालबाट श्रम स्वीकृत लिएर बैदेशिक रोजगार जाने संख्या ५८ लाख रहेको सामी परियोजनाका संयोजकले ज्ञानेश्वरी भण्डारी जानकरी दिए । उनको अनुसार नवलपरासी पुर्व र नवलपरासीपश्चिम गरी बैदेशीक रोजगार जाने सख्या १ लाख २१ हजार ८ सय २ जना रहेको भण्डारी बताए ।

हाल दैनिक सरदर १७ सय जना बैदेशिक रोजगारमा जाने गरेको परियोजना संयोजक भण्डारीले बताए । यस आ.बा मा लुम्बिनी प्रदेशबाट ३० हजार ८ सय ७२ जना श्रम स्बीकृत लिएर बैदेशिक रोजागारी गएको परियोजना संयोजक भण्डारीले तथ्याक प्रस्तुत गरेका थिए । नेपालमा दैनिक ३ देखी ५ वटा बिदेशबाट कामदारहरुको शव आउदै गरेको परियोजनाले जानएको छ ।

परियोजनाले मुख्य काम गर्ने क्षेत्रहरु भनेकै बैदेशीक रोजागरी जानु भन्दा सिप सिकेर मात्र जाऔँ भन्ने सुचनामा पहुँच पुयाउने र बिदेशमा दुख पाएर घर फर्केका व्यक्तिहरुलाई मनोसामाजिक परामर्शको दिने न्यायमा सहजिकारण गर्ने,बित्तिय साक्षरता सम्बन्धी जानकारी दिने परियोजना संयोजक भण्डारीले बताए ।

परियोजनाले बैदेशीक रोजगारबाट फर्केका आए व्यक्तिहरुलाई आप्रवासी स्रोत केन्द्र–उपस्रोत केन्द्रबाट सुचना तथा परामर्श चार हजार ५६ जनालाई दिएको मनोपरामर्शकर्ता सुुमित्रा चौधरीले जानकारी दिईन । बैदेशिक सम्बन्धि न्यायको पहुँचमा बढाउनको सहजिकारण २सय ९० केश आएको मध्ये १सय १९ केशको समस्या समाधन गरिएको चौधरीले बताईन ।जिल्ला ६ वटा स्थानियमा सामी परियोजान संचालित रहेको छ ।

ईन्द्रणी सामाजिक बिकास मञ्चकी उपाध्यक्ष साबित्री पौडेललेको अध्यक्षता तथा राममग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यता भएको कार्यक्रममा नगरप्रमुख यादवले युवाहरुले बैदेशीक रोजगारी जानुभन्दा सहि सुचना र सिप लिएर मात्र जान युवाहरुलाईअग्रह गरेका थिए । उनले बैदेशीक रोजगारबाट फार्केका युवाहरुलाई स्वारोगार बनाउनको लागि नगरपालिका कृषि क्षेत्रमा लागानी गरेर युवा कृषि निर्भर बनाउन लागिएको बताए । बैदेशीक रोजगारबाट फार्केका युवाहरुलाई रोजगारी दिनको लागि नगरपालिकाले रिटर्नीज युवासंग मेयर कार्यक्रम संचालन गर्न लागिएको जानकरी दिए ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष हरि शर्माले पत्रकारहरुले बैदेशीक रोजगारबाट फार्केका व्यक्तिहरुले बिदेशमा पाएको दुख बिषय उठान गर्न अग्रह गदै यस्तो स्टोरी र न्यूजले अब जाने युवाहरुलाई बैदेशीक रोजगार जादा एकपटक सोच्न बाध्य हुने बताएका थिए ।