sunwal

नवलपरासी प्रहरीद्वारा लागुऔषध सहित दुई जना पक्राउ

104

गौरीशंकर जयसवाल
परासी, चैत २९
पश्चिम नवलपरासीमा लागु पदार्थ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासीको रामग्राम वडा न ६ बाट बिशेष सुचनाको आधारमा उक्त लागु पदार्थ सहित दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको हो ।
लागु पदार्थ सहित पक्राउ पर्नेमा जिल्लाको रामग्राम नगरपालिकाको वडान ६ पोखरापाली बस्ने ३६ वर्षीय रविन्द्र बनियाँ र सोहि ठाउँ बस्ने ४२ वर्षीय ईन्द्रकमल केवटलाई पक्राउ गरिएको जिल्ला कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायब उपरिक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
विषेश सुचनाका आधारमा जिल्ला प्रहरी कर्यालयबाट खटिएको सादा पोशाकका प्रहरीहरुको टोलीले साँझको समयमा पोखरीपाली गल्ला मन्डीबाट पहिला रविन्द्र बनियाँलाई पक्राउ गरेको थियो भने ईन्द्रकमल केवटलाई उनको घरबाटै खैरोहेरोईन सहित पक्राउ गरिएको शाहीले बताए । प्ररम्भिक अनुसान्धान आधारमा केही समय पछि सोही ठाउँ बस्ने बर्ष ४२ को ईन्द्रकमल केवट समेत लागुऔषध कारोवारमा संलग्न रहेको बुझिएकोले तत्काल निज ईद्रकमल केवटको घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बानियाँको साथबाट प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको २र२ एम।एल। को नुफिन ३९ एम्पुल, फेनारगन ३९ एम्पुल र डाईजापाम ३९ एम्पुल गरी जम्मा ११७ एम्पुल लागुऔषध सहित फेला पारेको लागु औषध सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
केवटको साथबाट खैरो हेरोईन साडे चार ग्राम, ६ बोटल कोडिन एवं ५७२ क्याप्सुल स्काफोरम लगाएत बरामद गरीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फेला परेको लागु औषध सहित निज ईन्द्र कमल केवट समेतलाई तत्काल नियन्त्रणमा लिईएको र निजहरु दुबै जना बिरुद्ध लागु औषध मुद्धामा मुद्धा दर्ता गरी नवलपरासी जिल्ला अदालतबाट म्याद लिई लागु औषध ९नियन्त्रण० ऐन २०३३ बमोजिम अनुसन्धान कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।