Sarawal sit lahar Notis

बर्दघाट–६का वडासदस्य सम्झना पोखरेल र राजेन्द्र चौधरी एमाले प्रवेश

69

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२५

आगामि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको माहोल तातीरहदा एक पार्टी छोडेर अर्काे पार्टीप्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुको पनि होटबाजी नै चलेको छ । बिषेशगरी पछिल्लो समय नेकपा एमाले पार्टीमा प्रवेश गर्ने समाजिक अगुवा तथा नेता कार्यकर्ताहरु अलिबढी रहेको पाईएको छ ।

पार्टी प्रवेशकै क्रममा बर्दघाट नगरपालिका वडा नम्वर ६ का वडा सदस्य सम्झना पोखरेल सहित अन्य ब्यक्तिहरु आज नेकपा एमालेमा प्रवेश गरेका छन । त्यसैगरी सोही वडामा वडा अध्यक्षका निकटतम प्रतिद्वन्द्वी उपबिजयी राजेन्द्र चौधरी लगायतको टिम पनि आज नै नेकपा एमालेमा प्रवेश गरेको छ ।

नेकपा एमालेका जिल्ला अध्यक्ष तथा सचिव लगाएतको टिमले उनीहरुलाई टिका र खादा लगाएर पार्टी प्रवेश गराएको हो ।