Sarawal sit lahar Notis

नर्मदेश्वर शिवालय मन्दिर बर्दघाटमा गाणेशपुराण सप्ताह ज्ञान महायज्ञ संचालन गरीने ।

90

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१०

नर्मदेश्वर शिवालय मन्दिर बर्दघाटमा गाणेशपुराण सप्ताह ज्ञान महायज्ञ संचालन गरीने भएको छ । वैदिक सनातन धर्म,राष्ट्र शान्ति एवं लोक कल्याणार्थ र नर्मदेश्वर शिवालय मन्दिर बर्दघाटको अपुरो भौतिक संरचना पुरागर्ने कार्यका लागि यहि चैत्र १४ गते देखि १९ गते सम्म गाणेशपुराण सप्ताह ज्ञान महायज्ञ संचालन गर्न लागिएको हो ।

शिव मन्दिर विकास समिति बर्दघाट–४,बर्दघाट र धर्म संरक्षण मञ्च मुल समिति,केन्द्रिय कार्यालय काठमाण्डौंको संयुक्त आयोजनामा गाणेशपुराण सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको महायज्ञ मुल समारोह समिति संयोजक नन्दलाल न्यौपानेले जानकारी दिनु भएको छ।

गाणेशपुराण सप्ताह ज्ञान महायज्ञमा वृन्दावन धामकी गाणेशपुराण बाचक साध्वी पद्य्मा श्री किङकरीले कथावानच गर्ने शिव मन्दिर विकास समिति बर्दघाट–४,बर्दघाटकी देवि पौडेलले जानकारी दिनु भएको छ ।

चैत्र १३ गते आईतवार बिहान ९ बजे भजन कृर्तन ,शंख ध्वनी सहित कलस यात्रा गरी गाणेशपुराण सप्ताह ज्ञान महायज्ञ शुरु गरीने र चैत्र १४ गते देखि १९ गते सम्म दिनमा कथा वाचन र रातमा झाँकी सहितको भजनकृर्तन गर्ने कार्यक्रम तयगरीएको महायज्ञ मुल समारोह समिति संयोजक नन्दलाल न्यौपानेले जानकारी दिनु भएको छ।

https://www.youtube.com/watch?v=yNmoPIrGlHw&t=20s