कृष्ण ढकाल
बर्दघाट,चैत्र–१०
ईलाका प्रहरी कार्यालय बर्दघाटले ब्यक्तिको चरित्रहत्या गरेको भिडियो प्रमाणका आधारमा बर्दघाट–२,लण्डनविजका एक ब्यक्ति सहित उनले प्रयोग गरेको गाडी आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
करिव ६५ वर्षका उक्त ब्यीक्तले एक महिलाको ब्यक्तिगत चरीत्रहत्या हुने र समाजले उस्लाई गलत नियतले हेर्ने प्रवृतिको पर्चा बनाएर फोटोकपीगरी रातीको समयमा चोक चौराहामा फालेको भिडियो प्रमाण सहितको उजुरीका आधारमा प्रहरीले आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक कृष्ण प्रसाद घिमिरेले बताउनु भएको छ ।
आरोपित ब्यक्ति र निजले रातीको १ः२३ बजेको समयमा पर्चा फाल्न प्रयोग गरेको गाडी प्रष्टरुपमा सिसि क्यामरामा देखिएको उजुरीका आधारमा तत्काल प्रहरीले निज आरोपित ब्यीक्तको घरगएर ब्यीक्त र गाडीलाई आफ्नो नियन्त्रणमा लिएर कानुनी प्रक्रिया शुरु गरेको प्रहरी निरिक्षक घिमिरेले बताउनु भएको छ ।
गत सोमवार राती ब्यक्तिको चरित्रहत्या गर्ने पर्चा चिसापानी चोक,बर्दघाट चोक र भुताहा चोकमा फालेको ,मंगलवार भिडियो प्रमाण सहित उजुरी परेसंगै नियन्त्रणमा लिएको र बुधवार म्याद थपगरी थप अनुसन्धान गर्दे गरेको प्रहरी जनाएको छ ।
बर्दघाटमा यसअघि पनि ब्यक्तिको चरित्रहत्या गर्ने नियतले दुई–दुई पटक फरक–फरक ब्यक्तिका पर्चा फाल्ने काम भएको थियो । अहिले यो पर्चा काण्डको घट्नामा प्रहरीले समातेका ब्यक्ति कुनै एक राजनितिक पार्टीको जिल्ला कमिटि सदस्यमा रहेको जिम्मेवार ब्यक्ति भएका कारण यस अघिका पर्चा काण्डमा पनि यहि समुह लागिपरेको हुन सक्ने अनुमान गरीएको छ ।
उमेरले परिपक्क रहेका र राजनितिमा जिम्मेवार मानिने नेताहरुनै यसरी ब्यक्तिको चरित्रहत्या गरेर आफ्नो स्वार्थ पुरा गर्ने काममा लागेको देख्दा सर्बसाधरणहरु भने निक्कै आक्रोशित भएर प्रहरी चौकीमा पुगेका थिए ।