फागुन–२८
जबसम्म मधेश, आदिवासी जनजाती र दलितका समस्या देशको समस्या बन्दैन तब सम्म यिनका समस्या हल नहुने जनता प्रगतिशिल पार्टीका केन्द्रिय अध्यक्ष हृदेश त्रिपाठीले बताउनुभएको छ । पार्टी दर्तापछि पहिलो पटक गृहजिल्ला आउनुभएका त्रिपाठीले शनिबार त्रिभुवन क्याम्पस बेलाटारीमा आयोजित कार्यक्रममा यो कुरा बताउनुभएको हो । देशको आत्मा गाउँमा किसानको रुपमा बस्नेभएकाले जबसम्म किसानको समस्या हल हुदैन तबसम्म देशको विकास हुन नसक्ने अध्यक्ष त्रिपाठीले बताउनुभयो ।
जनता प्रगतिशिल पार्टी, पार्टीको अभाव भएर निमार्ण नगरीएको उहाँले बताउनुभयो । देशमा गठित विभिन्न राजनितिमा विचारको निति बिचलन हुनलागेका देखेर आफुहरुले जनता प्रगतिशिल पार्टी दर्ता गरेको उहाँले जानकारी दिनुभयो । उहाँले पार्टी दर्ता गरेर अन्य कुनै पार्टीसगँ दुशमनि नभई जनताको माग पुरा गराउने उद्धेश्यले प्रतिस्पर्धा हुने बताउनुभयो । उहाँले अब चुनाव बहिष्कार गरेर नभई, चुनावमा भाग लिएर जनाताको सबै नोक्सानि सुद ब्याज सहित असुल गर्ने दाबी गर्नुभयो ।
पार्टीका क्षेत्रीय अध्यक्ष रामप्रित यादवको अध्यक्षता तथा पार्टीका केन्द्रिय अध्यक्ष त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष फरहान ईकबाल खाँ, केन्द्रिय महासचिव ईश्वर दयाल मिश्रा, केन्द्रिय सदस्य श्याम कृष्ण अधिकारी, युवा नेता करम हुसेन अन्सारी लगायतले पार्टी प्रतिको धारणा र उद्धेश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष त्रिपाठीलाई नागरिक्ता विहिन नेपाली नागरीक संघर्ष समिति नवलपरासीले ज्ञापन पत्र बुझाएका छन् । भने विभिन्न पार्टी परित्याग गरी पार्टीमा प्रवेश पनि गरेका जिल्ला संयोजक राधेरमण पाण्डेले जानकारी दिनुभयो ।