कृष्ण ढकाल
बर्दघाट,फागुन–२४
लायन्स क्लव अफ नवलपरासी बर्दघाटले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलवार स्वास्थ्य शिविर सम्पन्न् गरेको छ । महिलाहरुको शारिरिक स्वास्थ्य समस्यालाई मध्येनजर गरी एक दिने स्त्रीरोग सम्बधि निःशुल्क स्वास्थ्य शिविर संचालन गरीएको थियो ।
बर्दघाटको कुमुदिनी स्कुल परिसरमा संचालन गरीएको उक्त स्वास्थ्य शिविरमा २ सय ८२ जना महिलाहरुले आफ्नो शिरिरिक स्वास्थ्य परिक्षण गराएका थिए ।
आफ्नो स्वास्थ्य परिक्षणका लागि शिविरमा २ सय ८२ जना महिलाहरुले नाम दर्ता गराए पनि समय र सामान अभावका कारणले सबैलाई सेवादिन नसकिएको आयोजक लायन्स क्लव अफ नवलपरासी बर्दघाटकी अध्यक्ष कमला बस्यालले बताउनु भएको छ । उहांका अनुसार स्वास्थ्य शिविरमा नाम दर्ता भएका सेवा लिन बांकी महिलाहरुका लागि पछि परिक्षणको ब्यवस्था गरीने भएको छ ।
देवदह मेडिकल कलेजका वरिष्ठ स्त्री रोग विषेशज्ञहरुको सहयोगमा संचालन गरीएको एक दिवसीय स्त्रीरोग सम्बधि निःशुल्क स्वास्थ्य शिविरको बर्दघाट नगरका नगर प्रमुख धिरज शर्मा बस्यालले एक कार्यक्रमका बिच समुद्घाटन गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै नगर प्रमुख बस्यालले क्लबले समाजीक गतिविधिहरुमा सहभागिता जनाउदै आएको र अहिले सेवामुलक तरीकाले महिलाको शारिरीक स्वास्थ्य परिक्षण गर्ने महत्वपूर्ण कार्य गर्नलागे भन्दै प्रशंसा गर्नु भएको थियो ।
महिलाहरु सधै घरधन्दामा मात्र सिमित रहदैनन् उनीहरु समाजीक कार्यमा समेत अग्रसर हुन्छन भन्ने प्रमाणका रुपमा लायन्स क्लव अफ नवलपरासी बर्दघाटले प्रमाणीत गरेको उहां को तर्क रहेको थियो ।
लायन्स क्लव अफ नवलपरासी बर्दघाटकी कमला जि.सीको संचालन कमला बस्यालको अध्यक्षता र शिवकुमारी भट्टराईको स्वागतबाट शुरु भएको कार्यक्रममा बर्दघाट नगरपालिकाकी नगर उप–प्रमुख मायादेवि पौडेल,लायन्स श्याम कुमार बस्याल,वडानम्वर ४ का वडाध्यक्ष रबिन्द्र विक्रम हमाल ,सरीता खनाल लगाएतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।