कृष्ण ढकाल
बर्दघाट,फागुन–१५
नवलपरासीको सदरमुकाम परासीमा रहेको रामग्राम नगरपालिकामा नेपाल नगरपालिका कर्मचारी एसोसिएसन रामग्राम नगरपालिका ईकाई समितिको १२औं अधिवेशनवाट सञ्जय शर्माको नेतृत्वमा नया कार्यसमिति चयन भएको छ ।
शनिवार भएको नेपाल नगरपालिका कर्मचारी एसोसिएसन रामग्राम नगरपालिका ईकाई समितिको अधिवेशनले सञ्जय शर्मालाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा निर्मला प्रजापति,सचिवमा नगेन्द्र यादव र कोषाध्यक्षमा महेश्वर ठाकुरलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा पशुपति प्रसाद नाउँ,मुकेश लोनिया र अमृत भुषाललाई चयन गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
नेपाल नगरपालिका कर्मचारी एसोसिएसन रामग्राम नगरपालिका ईकाई समितिका कार्यवहाक अध्यक्ष ललिता पाण्डेको अध्यक्षता र नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको १२औं अधिवेशनको समुद्घाटन कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत राकेश पाण्डे,ईन्जिनियर सतिश कुमार गुप्ता लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।