sunwal

बुद्धमंगल तालमा बुद्ध मूर्ति अनावरण तथा प्राचीन हलिदावसन नगर घोषणा ।

154

बर्दघाट ,फागुन–४
बर्दघाट नगरपालिका वार्ड नं। –१२ को दबिल्लामा रहेको बुद्धमंगल तालबीचमा निर्माण गरीएको बुद्ध मूर्तिको आज एक कार्यक्रमका बिच अनावरण गर्नुका साथै सो क्ष्ँेत्रलाई प्राचीन हलिदावसन नगर घोषणा समेत गरीएको छ ।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले बुद्धमंगल तालक्ष्ँेत्र पर्यटकिय एवं पुरातात्विक हिसाबले निक्कै महत्वपूर्ण रहेको बताउनु भएको थियो । बुद्धसंग जोडिएका थुप्रै क्षेत्रहरु मध्ये बुद्धमंगल तालपनि ऐतिहासिक तथा पुरातात्वीक स्थल भएकोले बुद्धमंगल तालक्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लुम्बिनी प्रदेश सरकार र बर्दघाट नगरपालिकाले सक्दो पहल गरेको बताउनु भएको थियो ।
उहांले बुद्धमंगल तालको प्रचार प्रसार गरेर लुम्बिनीको बुद्ध सर्किटमा जोड्न आवश्यक रहेको बताउनु भएको थियो ।

तस्विर ः माधव प्रसाद घिमिरे

 

बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवी पौडेल,बडा नम्वर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाल,चित्रकार मन गोल्डी ,भिक्षु त्रिलोक स्तबिर,मुर्ति निर्माणकर्ता बरिष्ठ कलाकार बिके नरबहादुर लगाएको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बुद्ध स्थल क्षेत्रको खोजी गरीरहेका पत्रकार बेचु गौडले तत्कालीन कोलिय गणराज्यको हलिदवसन शहरका वारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने प्रमुख अतिथि दिपेन्द्र कुमार अधिकारीले बुद्धमंगल तालबीचमा निर्माण गरीएको बुद्ध मूर्तिको अनावरण गर्नुका साथै सो क्ष्ँेत्रलाई प्राचीन हलिदावसन नगर घोषणा गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख बस्यालले बुद्धमंगल ताल क्षेत्र लाई धार्मिक पर्यटनको केन्द्र बनाउने गरी विकास अघि बढाइएको बताउनु भएको थियो । उहांले बुद्धकालीन हलिदबसन शहर भएकोले पनि यस क्षेत्रमा बुद्धकालीन सभ्यताको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने गरी यहाँको विकास, संरक्षण तथा प्रवद्र्धनमा नगरपालिका लागिरहेकोे बताउनुभयो ।

वार्ड नं। १२ का वडा अध्यक्ष मान बहादुर मल्लको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन बुद्धमूर्ति निर्माण समितिका सचिव मनोज पौडेलले गर्नुभएको थियो ।