sunwal

गजल

74

गजल

हेर्दा हेर्दै माहुरीले घार फेरेछ
गुलियोको लोभमा प्यार फेरेछ।।

भुनभुनाउदै फुलकै रसमा रम्थ्यो
चिनी दियो कस्ले,आहार फेरेछ।।

मग मग बसाउथ्यो मह मेरै घर सम्म
सायद ब्यापारीले अचेल बजार फेरेछ ।।

वरीपरी फुललाई सोधे भेटिएन माहुरी
रस छाडी बगैचाको, सिकार फेरेछ।।

उहि समय उहि दिन कुर्छ रानो अझै
झिक्नु थियो खिल,सायद बार फेरेछ।।

✍️ मुक्ती तिवारी
बर्दघाट-१४