kalika

बर्दघाट १६ को सामुदायिक बनमा मृत बाघ फेला

80

मुक्ती तिवारी

बर्दघाट नगरपालिका वडा नम्बर १६ स्थित दाउन्नेदेवी सामुदायिक बनमा मृत अवस्थामा बघिनी फेला परेको छ।

स्थानियले आज बिहान ११ बजेतिर बनमा घाँस दाउरा गर्नेक्रममा बाघ देखेपछि वडामा खबर गरेका थिए।सुचना पाए लगत्तै बर्दघाट नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष सुक बहादुर गुरुङले इलाका प्रहरी कार्यालय र नेपाल आर्मिलाई खबर गरेका थिए।

खबर पाए लगत्तै सो बनको संरक्षणका लागि बसेको श्री नम्बर २ बन तथा पर्याबरण सुरक्षा गण घटाना स्थलमा पुगेको छ ।सोही गणको करिब ५ किलो मिटरको दुरिमा बाघ मृत फेला परेको हो।

बाघको घाटिमा पासो परेको जस्तो डाम देखिएको छ भने बाघको घाँटी नजिकै फलामको तार समेत फेला परेको छ । बाघको पछाडी दायाँ पट्टिको फिलामा प्वाल देखिएको छ।मृत बाघ रहेको स्थल वरिपरि रगतका टाटा समेत देखापरेको छ।बाघ आफै मरेको हो या कुनै तस्कर वा सिकारीले मारेको भन्ने बारेमा सम्बन्धित निकायले अनुसन्धान गर्न बाकी रहेको सेमरी प्रहरीले जनाएको छ।घटनाका बारेमा बर्दघाट सरावल बन डिभिजन कार्यलयलाई खबर गरिएको थियो ।

साढे ७ फिट लम्बाई र ३ फिट उचाई रहेको करिब १ सय ५० किलोको ब्यस्क पोथि पाटेबाघ मृत अवस्थामा फेला परेको बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाटले जनाएको छ । सो बाघलाई सुरक्षाकर्मी र वन कार्यालयका कर्मचारीहरुले बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाटमा ल्याएका छन । सो मृत बाघको प्रकृती हेर्दा बन्यजन्तु चोरी पैठारी गर्ने तस्करहरुले पासोमा पारि गोली हानी हत्या गरेको हुन सक्ने बताउदै वन कार्यालय बर्दघाटका प्रमुख गिरिाज पन्तले यस घटानको विषयमा थप अनुसन्धान भइरहेको समेत जानकारी दिनुभएको छ । मृत बाघलाई आवश्यक वन कानुनी प्रकृया पुरा गरि सुरक्षाकर्मी,जनप्रतिनिधि ,पत्रकार को रोहबरमा ईलाका वन कार्यालयकै परिसरमा गाडिने प्रमुख पन्तले जानकारी दिनुभयो ।