sunwal

चिसापानी सामुदायिक वन उपभोक्ता समुहद्धारा घर हस्तान्तरण।

44

कृष्ण ढकाल
बर्दघाट,माघ–१२
चिसापानी सामुदायिक वन उपभोक्ता समुहले बर्दघाट नगरपालिका वडा नम्वर–२ निवासी एकल महिला कमला थापा (सुनार)को घर निमार्ण गरेर आज एक कार्यक्रमका विच घर हस्तान्तरण गरेको छ ।
चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष होम बहादुर गुरुङ्गको अध्यक्षता र डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख शंकर प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा उक्त घर हस्तान्तरण कार्यक्रम सम्पन्न् भएको थियो ।

सो अवसरमा बोल्दै डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख शंकर प्रसाद गुप्ताले चिसापानी सामुदायिक वन उपभोक्ता समुहले गरीवहरुका लागि आवास निमार्ण गर्ने कार्य निकै प्रसंसनिय रहेको बताउनु भएको थियो । उहांले समाजका गरीव परिवारहरुको पहिचान गरेर आवास निर्माण गर्ने कार्यलाई निरन्तरता दिन आग्रह समेत गर्नु भएको थियो ।

घर हस्तान्तरण कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष दया दर्लामी,वडासदस्य कृष्ण पाण्डे,साहयक वन अधिकृत गिरीराज पन्त,सामुदायिक वन महासंघ नवलपरासीका अध्यक्ष कमल परियार ,एकल महिला कमला थापा (सुनार) लगाएतले आ–आफ्नो भनाईहरु राख्नु भएको थियो ।

सामुदायिक वन समुहकी उपाध्यक्ष ईन्दु देवि चौधरीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन समुहका सचिव अनिल गुरुङ्गले गर्नु भएको थियो ।

सामुदायिक वनले ४ लाख ५१ हजार रुपैया खर्च गरेर २ कोठे जस्तापाताले छाएको घर एकल महिला कमला थापा (सुनार)को लागि निमार्ण गरेको हो । गत जेष्ठ १४ गते पानीसंगै आएको हावाहुरीले कमला थापा (सुनार)को घर उडाए पछि सुनारको परिवार नजिकैको सामाजिक भवनमा बस्दै आएका थिए ।

दुई साना छोरा र सासुआमा सहित बस्दै आएको झुपडि हावाहुरीले उडाईदिए पछि ३१ वार्षीय कमलाले घर बनाएर बस्न सक्ने अवस्था थिएन । त्यतिमात्र हैन उनका श्रीमान २०७७ साल फागुन १४ गते विदेशमा कामकै सिलसिलामा मृत्यु भएको थियो तर शव नेपाल ल्याउन समेत सकेकि थिईनन् ।

गाउँले दर्पण अनलाईनमा कमला सुनारको समाचार प्रकाशन÷प्रसारण गरेसंगै कमलाको परिवारलाई आर्थिक सहयोग जुट्ने देखि श्रीमानको शव ल्याउने कार्यमा समेत सहयोग प्राप्त भएको कमला सुनारले बताउनु भएको छ । कमलाका श्रीमानको शव विदेशवाट गत साउनमा ९ महिना पछि मात्र आएर काज क्रिया गरीएको थियो ।