Sarawal sit lahar Notis

क्यूपेक नवलपरासीको अध्यक्षमा पुनः राम कुमार थापा निर्वाचीत

68

कृष्ण ढकाल
बर्दघाट ,माघ–६

नेपाल बिजुली,पेन्टर पलम्बर तथा निमार्ण मजदुर यूनियन (क्यूपेक)नवलपरासीको दोस्रो जिल्ला अधिवेशनवाट पुनः राम कुमार थापा अध्यक्षमा निर्वाचीत हुनुभएको छ । बुधवार भुमहिमा भएको जिल्ला अधिवेशनमा गिरीराज भण्डारी,राम कुमार थापा र भवानी प्रसाद चौधरीले अध्यक्ष पदका लागि दावी गरीरहदा अन्तत मतदान प्रक्रियावाट राम कुमार थापा पुनः अध्यक्षमा निर्वाचीत हुनुभएको हो ।

राम कुमार थापाले भवानी प्रसाद चौधरीलाई ३ मतको अन्तरले पछि पार्दै अध्यक्ष्ँमा निर्वाचीत हुन सफल हुनुभएको थियो । १७ सदस्य जिल्ला कार्यसमिति रहेको उक्त नेपाल बिजुली,पेन्टर पलम्बर तथा निमार्ण मजदुर यूनियन नवलपरासीमा अध्यक्ष पदवाहेक अन्य सबैपदमा सहमतिमा नेतृत्व चयन गरीएको जिल्ला अध्यक्ष थापाले बताउनु भएको छ ।

त्यसैगरी समितिको उपाध्यक्ष पद खाली रहेको छ भने सचिवमा भवानी प्रसाद चौधरी,सह–सचिवमा दिलिप कुमार थारु र कोषाध्यक्षमा सत्यनारायण थारु चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा हेमनारायण चौधरी,,ख्रिनारायण थारु,खड्ग बहादुर चौधरी,राम बहादुर वि.क,बिरेन्द्र कुमार थारु,परशुराम कुवंरयोगी,किसान थापा मगर,संगितादेवि चौधरी लगाएत रहनु भएको अध्यक्ष थापाले जानकारी दिनु भएको छ ।